भारतमा विद्युतीय स्कुटरमा आगलागीका घटना बढिरहेको छ । यि घटनाले विद्युतीय स्कुटरको सुरक्षामा प्रश्न खडा गरेको छ । यसैक्रममा भारतको तमिलनाडुको एक विद्युतीय स्कुटरमा आगलागी घटना बाहिर आएको छ ।
चालकले आफू बसेको सिटमा आगो लागेको देखेपछि स्कुटरबाट हाम फालेको र केहीबेरमै स्कुटरमा पुरै आगो लागेको प्रहरीले जनाएको छ । साथै चालकलाई कुनै पनि चोटपटक नभएको प्रहरीले बताएको छ ।
हालसालै भारतमा ओला इलेक्ट्रिक, प्योर ईभी र जितेन्द्र ईभी टेकका स्कुटरमा आगलागीको घटना बाहिर आएको थियो । भारतमा आम जनता र सरकारलाई यसरी विद्युतीय स्कुटरमा अचानक आगलागी हुनु चिन्ताको विषय बनेको छ । भारत सरकारले यस्ता घटनाको छानबिन नभएसम्म नयाँ विद्युतीय सवारीसाधन सञ्चालन नगर्न आग्रह समेत गरेको छ ।