नेपालमा कुजु नेपाल प्रालिले याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर भित्र्याउँन लागेको छ । कम्पनीले यि नयाँ स्कुटरमा ग्राहकहरुको लागि स्पेसल स्प्रिङ अफर पनि सार्वजनिक गरेको छ । कम्पनीको अनुसार यि इलेक्ट्रिक स्कुटर दुई हप्ता भित्र नेपाल आउँने कम्पनीले जनाएको छ । यसको बुकिङ पनि खुलिसकेको छ ।
ग्राहकले याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटर खरिद गर्दा २० हजारसम्मको नगद छुट प्राप्त गर्न सक्दछन् । यसका साथै ग्राहकले कुनैपनि पुराना मोडलका इलेक्ट्रिक स्कुटर याडियाका २०२२ मोडलका इलेक्ट्रिक स्कुटरसँग साट्न सक्नेछन्। यसको लागि कम्पनीले ग्राहकको लागि शून्य प्रतिशत ब्याजदर सहितको लोन सहज उपलब्ध गराउँने छ ।
साथै, ग्राहकले याडियाका टिसर्ट, हेल्मेट र विभिन्न आकर्षक उपहार पाउँनेछन् ।