हाल भृकुटीमण्डमा चलिरहेको एक्सचेन्ज मेलामा यामाहाले एकै पटक ५ सय युनिट एमटी–१५ बीएस-६ मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरेको छ । कम्पनीले यसरी पहिले पनि एकैसाथ धेरै मोटरसाइकल हस्तान्तरण गरेको थियो ।
यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक एमएडब्ल्यू इन्टरप्राइजेजले बिहिबारबाट भृकुटीमण्डपमा महा एक्स्चेन्ज मेला सुरु गरेको छ । कम्पनीले मेलामा विभिन्न छुट, अफर र पुरस्कार सहित यामाहाका दुई नयाँ मोडल ‘एफजेड–एक्स १५०’ र ‘रेजेडआर १२५ र्याली’ सो गरिरहेको छ ।
कम्पनीले मेलामा एक्स्चेन्ज अफर पनि राखेको छ । जसअन्तर्गत ग्राहकले पुराना मोटरसाइकल वा स्कुटरको मूल्यमा १० हजार रुपैयाँ एक्स्ट्रा मूल्यांकलन, राइडिङ कम्पिटिसन र फ्रि सर्भिसिङ जस्ता सुविधाहरु प्राप्त गर्नेछन् ।
यसका साथै, भाग्यशाली ग्राहकले लक्की ड्रका मार्फत हरेक दिन एक जनाले माउन्टेन फ्लाइटको टिकट जित्न सक्नेछन् ।
मेला आज बैशाख १५ गते सुरु भएर २२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा संन्चालन हुनेछ ।