टीभीएस एनटर्कले नेपाली बजारमा आफ्नो एनटर्कको छैटौं भेरियन्ट स्कुटर लन्च गर्ने योजना बनाएको छ । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा अब चाडैं नै यो स्कुटर लन्च गर्ने जनाएको हो ।
नयाँ भेरियन्टमा पहिलेको तुलनामा केही नयाँ फिचर र अपडेटेड फिचर आउने कम्पनीले जनाएको छ । तर इन्जिन भने एउटै रहने छ ।
कम्पनीले हाल यसको बारेमा कुनैपनि विवरण सार्वजनिक गरेको छैन् । यसको नाम ‘एनटर्क १२५ रेस एक्सटी’ हुने अनुमान गरिएको छ ।
साथै, कम्पनीले यसको थप विवरण, फिचर र नेपाली मूल्य जति सक्दो चाडै सार्वजनिक गर्ने बताएको छ ।
नेपालमा टीभीएस एनटर्क सर्वाधिक चल्ती र धेरै बिक्रि हुने स्कुटर मध्ये एक हो । १२५ सीसीमा आधारित यो स्कुटरको कम्पनीले विभिन्न भेरियन्ट नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ ।