हिरो मोटोकर्पले आफ्नो पहिलो भीडाको इलेक्ट्रिक स्कुटर लन्च गर्ने योजना बनाएको छ । २०२२ जुलाई १ मा आधिकारिक रूपमा लन्च गर्न कम्पनीले तिर्व रुपमा काम गरिरहेको छ । कम्पनीले हिरो मोटोकर्पका संस्थापक स्वर्गीय बृजमोहन लाल मुञ्जालको जन्म मितिको आधारमा यो इलेक्ट्रिक स्कुटर लन्च गर्न लागेको हो ।
यसको लागि कम्पनीले प्रसिद्ध ताइवानी कम्पनी गोगोरोसँग सहकार्य गरेको छ । गोगोरोले इलेक्ट्रिक स्कुटर निर्माण गर्न आवश्यक पर्ने इलेक्ट्रिक वस्तुहरु बनाउँने काम गर्दछ । विदेशमा गोगोरोको ठूलो उपस्थिति रहेको कारणले यो इलेक्ट्रिक स्कुटरले विश्व बजारमा राम्रो प्रदर्शन गर्न सक्ने अनुमान गरिएको छ ।
हिरो मोटोकर्पले यो दशकको मध्यसम्ममा अन्तर्राष्ट्रिय व्यापारबाट आगामी दुई वर्षमा आफ्नो कुल बिक्रीको १५ प्रतिशत हासिल गर्ने योजना बनाएको छ। गत आर्थिक वर्षमा कम्पनीले विदेशी बजारबाट अहिलेसम्मकै उच्च बिक्री रेकर्ड गरेको थियो । कम्पनीले गत आर्थिक वर्षमा ४२ वटा विश्व बजारमा तीन लाखभन्दा बढी युनिट बिक्री दर्ता गरेको थियो ।