सरकारले सूचना प्रकाशित गरी पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातमा रोक लगाएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलबाट चल्ने सबै किसिमका कार, जीप, भ्यानको आयात असार मसान्तसम्म पूर्ण रुपमा रोक लगाएको हो ।
यसका साथै, मन्त्रालयले २५० सीसी माथिका मोटरसाइकल आयातमा पनि कम्पनीले रुपमा रोक लगाएको छ । २५० सीसी भन्दा तलका मोटरसाइकल भने आयात गर्न पाईने छ ।
मन्त्रालयले विद्युतीय सवारी साधनलाई बढि प्राथामिकता दिदैँ आयातमा यसको बाटो खुल्ला गरेको छ ।