रेनोले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ स्किम सार्वजनिक गरेको छ । रेनोको नेपालका लागि आधिकारिक वितरक एड्भान्स अटोमोबाइलले ‘रेनोसँग खुशियाली’ नामकरण गर्दै यो योजना ल्याएको हो ।
अफर अन्तर्गत ग्राहकले रेनोको काइगर एसयूभी खरिद गर्दा मासिक २६ हजारको किस्ता सुविधा पाउँनेछन् । साथै ग्राहकले ५० हजार नगद छुट पनि पाउँनेछन् । ग्राहकले डाउन पेमेन्टमा भने १४ लाख ७४ हजार ५०० तिर्नुपर्ने छ । अहिले नेपाली बजारमा ‘सब फोर मिटर काइगर एसयूभी’को मूल्य २९ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ ।
ग्राहकले ७ वर्ष लगाएर कर्जा चुक्ता गर्न सक्दछन् जसअन्तर्गत ग्राहकले मासिक करिब २६ हजार रुपैँया तिर्नुपर्दछ ।