चालु आर्थिक वर्ष २०७७\७८ अन्तर्गत नेपालमा चैत्र मसान्त सम्म १ हजार ४७३ विद्युतीय कार भित्रिएको छ । जसमध्ये सबैभन्दा धेरै कार चिनबाट नेपाल भित्रिएको हो ।
नेपालमा चिनबाट ७७७ युनिट, भारतबाट ५१२ युनिट, कोरियाबाट १३८ युनिट, जापानबाट २८ र अमेरिकाबाट १७ युनिट कार आएका छन् ।
नेपाली बजारमा भित्रिने कार विशेषगरि १०० किलोवाट र १०० देखि २०० किलोवाट सम्मका धेरै रहेका छन् । देशले चैत्र मसान्त सम्ममा ७ सय ३८ र ७३२ कार क्रमश भित्राएको छ । साथै २०० देखि ३०० तथा ३०० किलोवाट भन्दा माथिका कारको संख्या जम्मा ३ रहेको छ ।
नेपाले गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा १ हजार ३५७ कार, जिप, भ्यान भित्रिएका थिए ।
पछिल्लो समय नेपालमा विद्युतीय कारको चाँसो बढ्दै गईरहेको छ । विद्युतीय कारको प्रयोग गर्न सरकार र निजि क्षेत्रले पनि आम मानिसलाई विभिन्न कार्यक्रम र योजना ल्याएर प्रेरित गरिरहेका छन् ।