Sunday, June 11, 2023

कस्तो छ त् नास्टले बनाएको विद्युतीय स्कुटर ? जान्नुहोस्

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले बनाएको विद्युतीय स्कुटर बिहीबार उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री फम्फा भुसालले सार्वजनिक गरेकी हुन् । स्कुटर बनाउन लुम्बिनी प्रदेश सरकारले पनि सहयोग गरेका थियो ।

स्कुटरलाई सार्वजनिक गर्दै मन्त्री भुसालले नास्टको प्राविधिक सहयोगमा प्रदेश सरकारहरुले व्यवसायिक ढंगले यस्ता विद्युतीय सामाग्रीहरुको उत्पादनमा जोड दिनुपर्ने बताइन् । पेट्रोलियम पदार्थको माग र मूल्य निकै बढ्दै गईरहेको हुनाले अब देशमा पेट्रोलियम पदार्थको खपत घटाउँदै विद्युतीय खपत बढाउन बाएक अरु उपाय नभएको बताइन् ।

‘अबको केही वर्षमा नेपालकाे जलविद्युत बंगलादेशदेखि श्रीलंकासम्म बेच्न सकिने अवस्था आउने छ । हामी अब जलविद्युत उपभोग बढाउने मात्रै नभई निर्यातसम्म गर्छौं’ उनले भनिन् । नास्टले पनि अब अरु देशले बनाएको जस्तै नयाँ कुरा अनुसन्धान गर्नुपर्ने बताइन् । उनले नयाँ आविष्कार र अनुसन्धानलाई मन्त्रालयले सधैं साथ दिने भन्दै दैनिक उपयोगी अनुसन्धानहरु गर्न आग्रह गरिन् ।

एक पटक चार्ज गर्दा ५० किलोमिटर सजिलै कुदाउन सकिने

नास्टले बनाएको विद्युतीय स्कुटरको मुख्य विशेषता भनेको एकपटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने क्षमता हो । नास्टका प्रविधि संकाय प्रमुख एवं इलेक्ट्रिक स्कुटर निर्माण कार्यक्रमका प्रमुख रवीन्द्र ढकालका अनुसार एउटा मात्र स्कुटर बनाउदा धेरै खर्च लागेता पनि अब धेरैवटा एकैचोटी बनाउदा खर्च घट्ने बताएका छन् ।

अरु स्कुटरमा जस्तै अगाडि सामान र पछाडि मान्छे बस्न मिल्ने छ । उकालोमा पनि एकजना चड्दा सजिलै चल्ने नास्टको दाबी छ । स्कुटरमा दुई किलोवाट दूई ब्याट्री जडान भएको छ । नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले विद्युतीय स्कुटर जीवन उपयोगी हुने बताए । उनले नास्टले आगामी दिन अझै यस्ता विषयहरुमा अनुसन्धानलाई तीव्रता दिँदै स्कुटर निर्माणमा सहभागी प्राविधिक टोलीलाई सम्मान समेत गरेका थिए ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here