Monday, June 5, 2023

यस्तो छ हुन्डाई क्रेटाको सेफ्टी रेटिङ्ग्स- हेर्नुहोस् पूर्ण विवरण (भिडियो सहित)

हुन्डाई क्रेटाले GNCAP क्र्यास टेस्टमा वयस्क र बालबालिकाको सुरक्षाका लागि ३-स्टार रेटिङ प्राप्त गरेको छ। प्रयोगकर्ता माझ धेरै नै लोकप्रिय रहेको C-SUV हुन्डाई क्रेटा, ग्लोबल NCAP द्वारा परीक्षणको पछिल्लो चरणमा परीक्षण गरिएका मोडेलहरूमध्ये एक थियो ।

कम्प्याक्ट एसयूभीले वयस्क र बालबालिकाको सुरक्षामा ३-स्टार रेटिङ पाएको छ । परीक्षण गरिएको मोडेल एन्ट्री-लेभल ई ट्रिम थियो जसमा उच्च मोडेलहरूमा उपलब्ध हुने साइड र पर्दा एयरब्यागहरू जस्ता केही सुरक्षा सुविधाहरू छुटेको थियो ।

ग्लोबल NCAP द्वारा सेकेन्ड जेनेरेसन हुन्डाई क्रेटाको फ्रन्टल अफसेट क्र्यास टेस्ट गराईएको थियो । क्र्यास टेस्ट ६४ किलोमिटर प्रतिघण्टाको गतिमा भएको थियो र परीक्षण निकायले यस परीक्षणमा कारको बडी ‘अस्थिर’ रहेको र ‘थप लोडिङ झेल्न’ नसक्ने बताएको थियो ।

C-SUV हुन्डाई क्रेटाले वयस्क सुरक्षामा ८/१७ अंक हासिल गरेको थियो । टेस्टमा चालकको टाउकोमा प्रदान गरिएको सुरक्षा ‘पर्याप्त’ र यात्रुको टाउकोका लागि ‘राम्रो’ रहेको उल्लेख गरिएको छ। त्यसैगरि अगाडि बसेका दुबै डमीहरूको घाँटीमा ‘राम्रो’ तर छातीको सुरक्षालाई ‘ठिकै’ रहेको उल्लेख गरिएको छ । साथै, दुबै डमीहरूको घुँडाको सुरक्षालाई ‘ठिकै’ दर्जा दिइएको छ र परीक्षण निकायले ड्यासबोर्डको पछाडि राखिएको संरचनाहरूसँग सम्पर्कमा आउँदा खतरनाक हुनसक्ने परीक्षण निकायले उल्लेख गरेको छ।

बालबालिकाको सुरक्षाको सन्दर्भमा, हुण्डाई क्रेटाले ४९ मध्ये २८.२९ अंकका साथ ३ स्टार रेटिङ प्राप्त गर्यो । एन्ट्री-लेभल ई ट्रिमले केही अंकहरू गुमाएको छ किनभने यसले ISOFIX चाइल्ड सिट रिस्ट्रेन्टहरू प्रदान गर्दैन र दुर्घटनाको बेला सिट बेल्टले टाउको अगाडी आउनबाट रोक्दैन ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here