जावा मोटरसाइकलले आफ्नो नयाँ मोटरसाइकल ‘जावा फोर्टी टु’ २.१ भर्सनको बुकिङ खुल्ला गरेको छ । जावा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी अग्नी मोटोइंकले मोटरसाइकलको बुकिङ खुल्ला गर्दै यसको नेपाली ७ लाख ५८ हजार तोकेको छ ।
यो नयाँ भर्जनको बाइकमा पहिलेको तुलनामा आकर्षक र सुधारित इन्जिन रहेको छ । यसमा २९३ सीसी लिक्विड कूल्ड र फ्युल इन्जेक्टेड इन्जिन उपलब्ध रहेको छ जसले अधिकतम २७.३३ पीएस पावर र २७.०२ एनएमको टर्क जेनेरेट गर्दछ । यो बाइकमा क्रस पोर्ट टेक्नोलोजी प्रयोग गर्ने पहिलो एकल सिलिन्डर इन्जिन रहेको कम्पनीले जनाएको छ ।
अलोय ह्वील, ट्यूवलेस टायर, ट्रिप मिटर, फ्लाई स्क्रिन र हेडल्याम्प ग्रिल जस्ता फिचर्सहरु यसमा रहेको छन् । यसका साथै पहिलेको तुलनामा यसमा आरामदायि सिट रहेको छ ।