सुन्दर यातायातले जेठको अन्तिम हप्तादेखि काठमाडौं टु पोखरा रुटमा सार्वजनिक बिजुली बस चलाउने भएको छ । यसको लागि कम्पनीले विभिन्न तयारि गरिरहेको र काम सम्पन्न हुने बित्तिकै बिजुली बस सुचारु हुने सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले जनाएका छन् ।
आज सुन्दर यातायातले हार्दिक होटेलमा सन्चालन गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले बताए, ‘कम्पनीले दुई सय ६२ किलोमिटरसम्म रेन्ज दिने गाडी तयार गरिरहेको छ । हाम्रो १८० किलोवाट क्षमतासहित चार्जिङस्टेशन अमर चोकमा रहन्छ । चार्जिङ गर्न केहि समय लाग्ने हुनाले चार्जिङस्टेशनमै सुन्दर यातायातले खाजा खानाको लागि क्याफेको वेवस्ता गर्नेछ । ‘
कम्पनीले बाहिरका विभिन्न कम्पनीहरुसँग सहकार्य गरिरहेको उनले बताए । यसका साथै उनले सरकारसँग बिजुली गाडीको भन्सार शुल्क अझै कम गर्न आग्रह गरेका छन् ।
कम्पनीले काठमाडौं तथा रुपन्देहीको सैनामैनामा गरेर करिब २२ वटा बिजुली गाडी सञ्चालन गरिरहेको छ।