मारुती सुजुकीले आज भारतमा आफ्नो सबैभन्दा लक्जरी गाडी ‘२०२२ एक्सएल-६’ सार्वजनिक गरेको छ । सिक्स सिटर यो गाडीमा डियुल जेट प्रबिधिका साथ १.५ लिटर पेट्रोल इन्जिन र नयाँ ६-स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा समावेश गरिएको छ । यसको बाहिरी र भित्री भागमा पनि धेरै परिवर्तन गरिएको छ ।
यसमा क्रोमको साथ अपडेट गरिएको ग्रिल, टेल गेटमा नयाँ क्रोम बार र नयाँ १६ इन्च डुअल टोन एलोय ह्वीलहरू रहेका छन् ।
फिचर्सको कुरा गर्दा यसमा फेसलिफ्टलाई चारवटा एयरब्याग, ३६० डिग्री पार्किङ क्यामेरा र टप-स्पेक ट्रिममा ७ इन्चको टचस्क्रिनका साथ सुजुकी कनेक्टेड फिचर्स उपलब्ध रहेका छन् । यसका साथै स्टेयरिङ ह्वीलका लागि नयाँ टेलिस्कोपिक एडजसमेन्ट, नयाँ फ्रन्ट डोर बत्ती, फुल एलईडी हेडल्याम्प, अटोमेटिक एसी, कुल्ड कपहोल्डर, नयाँ टायर प्रेसर मोनिटरिङ सिस्टम, ईएसपी र हिल होल्ड असिस्ट जस्ता सुविधाहरू पनि उपलब्ध रहेका छन् ।
यो गाडीमा रहेको इन्जिनले ११५ एचपी पावर जेनेरेट गर्दछ र यसलाई ६ स्पीड अटोमेटिक गियरबक्ससँग मिलाईएको छ ।
मारुती ‘एक्सएल-६’ को हाल नेपालमा २ भेरियन्ट उपलब्ध रहेका छन् । ‘एक्सएल-६’ जेटाको मूल्य ४६.९९ रहेको छ भने अल्फाको मूल्य ४७.९९ रहेको छ ।