जैष्णवी ग्रुपले नेपालमै इलेक्ट्रीक बाइक एसेम्बल गर्ने भएको छ । कम्पनीले चीनबाट एसेम्बल गर्न उपयुत्त सामान ल्याएर याक ब्रान्डको इलेक्ट्रीक बाइक बनाउँन लागेको हो ।
‘स्मार्ट सिटी, स्मार्ट राइड’ उद्देश्य सहित कम्पनीले एसेम्बल गरेको १ महिनापछि विक्री वितरण गर्नेछ । यसको मूल्य र विशेषता भने कम्पनीले पछि नै सार्वजनिक गर्ने जनाएको छ । अरु ब्रान्डका तुलनामा यसमा धेरै विशेषता र छुट्टै प्रकारकको लुक हुनेछ । यसको लुकले नै ग्राहकलाई बाइक किन्न प्रेरित गर्ने कम्पनीले बताएको छ ।
यसका साथै, ग्राहकको सहजतालाई मध्येनजर गरेर कम्पनीले अध्ययन गरि राजधानीका विभिन्न ठाँउमा विद्युतीय चार्जिङ हब स्थापना गर्ने योजना बनाएको छ ।
बेरोजगार युवालाई समेत तालिम दिएर रोजगारी सिर्जना गर्ने कम्पनीको योजना रहेको छ ।