सरकारले पछिल्लो परिस्थितिलाई मध्येनजर गरेर इन्धन खर्चमा २० प्रतिशत कटौती गर्ने भएको छ । चैत्र ३० गते बसेको मन्त्री परिषद्को बैठकले यो निर्णय गरेको हो ।
विदेशी मुद्रा सञ्चिती घट्दै गएर भुक्तानी सन्तुलन बिग्रिएपछि सरकारले इन्धन खर्च कटौती गर्ने निर्णय गरेको हो । यो निर्णय बैशाखबाट सुरु भएर असारमसान्त सम्म लागु हुनेछ ।
सरकारले चालु आर्थिक वर्षमा समावेश गरेको इन्धन खर्चमा छुट्टाएको बजेट कटौति गर्न लागेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक संघ–संस्थाले बाँकी बजेटको २० प्रतिशत गर्नुपर्नेछ,’ अर्थ मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र आगामी स्थानीय तहको निर्वाचनका लागि भने लागू हुने छैन ।’