टिभिएस मोटर कम्पनीले २०२२ मा विभिन्न सेगमेन्टमा मोटरसाइकल र स्कुटर लन्च गर्ने तयारी गरिरहेको छ । कम्पनीले ‘रेडर १२५’ र ‘टिभिएस अपाचे’ का नयाँ भेरियन्टका साथै जुपिटर स्कुटर र ‘TVS iQube’ जस्ता इलेक्ट्रिक स्कूटरहरू लन्च गर्न लागेको हो । टिभिएसले यो वर्ष क्रुजर क्षेत्रमा ‘TVS Zeppelin R’ सँगसँगै कम्युट र एडभेन्चर क्षेत्रमा नयाँ बाइकहरू ल्याइरहेको छ ।
कम्पनीले यस वर्ष आफ्नो बहुप्रतिक्षित मोटरसाइकल ‘TVS Zeppelin R’ लन्च गर्ने योजना बनाईरहेको छ जसको प्रोटोटाइप २०१८ अटो एक्सपोमा नै प्रदर्शन गरिएको थियो । यो क्रुजर बाइक लुक्स र फिचरका हिसाबले निकै उत्कृष्ट हुनेछ । ‘Zeppelin R’ को इलेक्ट्रिक भेरियन्ट पनि लन्च गर्ने योजना भएको कम्पनीले जनाएको छ ।
यसका साथै, कम्पनीले यो वर्ष ‘TVS Creon’ इलेक्ट्रिक स्कुटर लन्च गर्ने सक्ने जानकारहरु बताउँछन् ।