यहि चैत्र २९ देखि वैशाख ३ सम्म नेपालको लागि टिभिएस दुई पांग्रेको वितरक जगदम्बा मोटर्सले ‘ग्र्यान्ड एक्सचेन्ज मेला’ सुरू गरेको छ। यो एक्स्चेन्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटरको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर खरिद गर्न सक्छन्।भृकुटीमण्डपमा उक्त मेला चैत्र २९ देखि वैशाख ३ गतेसम्म चल्ने कम्पनीले जनाएको छ।
यस एक्सचेन्ज मेला अन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्यांकन पाउने छन् भने नयाँ सवारी खरिदमा अगाडी नै यो लिंकमा दर्ता गरी ५० हजार रुपैयाँसम्मको छुट पाउन सक्ने र किने पश्चात एक लाख रुपैयाँसम्म छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
यसै गरी शून्य ब्याज दरको सुविधा र मासिक पाँच हजार नौ सय ९९ इएमआईमा पनि टिभिएस खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ। यसका साथै हरेक टिभिएस मोटरसाइकल वा स्कुटरको खरिदमा नि:शुल्क एक्सोसरिज (हेल्मेट, बाइक अभर, रेनकोट) पनि पाउन सकिनेछ।