ग्रेटवाल मोटरले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ । अफर अन्तर्गत ग्राहकले विभिन्न प्रकारका नगद छुट र स्कीम पाउनेछन् ।
ग्राहकले ग्रेटवालको पीकअप र हाभल ब्राण्डका एसयूभी खरिद गर्दा ४ लाखसम्मको छुट पाउनेछन् । यसका साथै कम्पनीले एक्स्चेन्ज बोनस, निःशुल्क इन्स्योरेन्स, निःशुल्क एक्सेसोरिजका साथै १ वर्षको रोड ट्याक्स र स्पट भ्यालुएसन उपलब्ध गराउने छ ।
ग्राहकले यो अफरको फाइदा वैशाख ३१ गतेसम्म उठाउँन सक्दछन् । यो अफरले ग्राहकहरुलाई ग्रेटवालको गाडी किन्न प्रेरित गर्ने कम्पनीले जनाएको छ ।