नेपाल यातायात ब्यवस्था विभागले सवारी चालकलाई जति सक्दो चाडो लाइसेन्स वितरण गर्न विभिन्न कोसिस गरिरहेको छ । आगामी आर्थिक वर्षदेखि विभागले ट्रायल पास भएपछि केही दिन भित्रै लाइसेन्स उपलब्ध गराउने तयारि गरेको छ । अब सवारी चालकले लाइसेन्सको लागि धेरै समय कुर्नुपर्ने छैन ।
विभागले सबै किसिमका सवारीका लागि एक वर्षको अस्थायी लाइसेन्स वितरण गरिहाल्ने तयारी गरेको छ । तर एक वर्षपछि स्थायी वा नविकरणको लागि आउँदा भने १५ दिन कुर्नु पर्नेछ ।
यसका साथै लाइसेन्सको लागि ट्रायल र लिखित परिक्षा कुरेर बसेकाहरुले जति सक्दो चाँडो पालो पाउँने विभागका महानिर्देशक नमराज घिमिरेले जनाएका छन् । विभागले आगामी जेठ १ गतेबाट नयाँ लाइसेन्स नाम दर्ता खोल्ने तयारीमा समेत लागिसकेको छ ।