बागमती प्रदेशमा ट्याक्सीको भाडा बढेको छ । बागमती प्रदेशले आगामी वैशाख १ देखि लागू हुनेगरी ट्याक्सीको भाडा बढाएको हो। बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालय बढ्दो पेट्रोलियम प्रदाथलाई मध्येनजर गरेर भाडा बढाएको हो ।
काठमाडौं उपत्यकामा पाँच किलोमिटरसम्मको दूरीका लागि २ रूपैयाँ बढेको छ भने २० किलोमिटरभन्दा धेरैका लागि ३ रुपैयाँ बढेको छ। नयाँ भाडाअनुसार पाँच किलोमिटरमा २० रुपैयाँ हुनेछ भने २० किलोमिटरभन्दा धेरैको दूरीमा ३८ रुपैयाँ भाडा पुगेको छ। डाउन फ्लग ५० रुपैयाँ कायम गरिएको छ।
ट्याक्सीको भाडा बढेर यो महँगीको बेला राहत पुगेको ट्याक्सी व्यावासायिले जनाएका छन् ।