इटालीयन ब्राण्ड ट्यारोले नेपाली नयाँ वर्ष २०७९ लाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । ट्यारोका लागि नेपालको आधिकारि विक्रेता कम्पनी ओम मोटोकर्पले यो अफर आज सार्वजनिक गरेको हो ।
ग्राहकले ट्यारोको कुनैपनि मोटरसाइकल वा स्कुटर खरिद गर्दा ३० हजार र १५ हजार रुपैयाँसम्म क्रमश छुट पाउनेछन् । यसका साथै २ जनाले लक्की ड्रमार्फत बैंकक जाने अवसर पनि पाउँनेछन् ।
साथै ग्राहकले मोटरसाइकल अन्तर्गत जीपी-२ २०० खरिद गर्दा २० हजार, जीपी-१ २५० एसआरमा २५ हजार र जीपी-१ ३८० मा ३० हजार रुपैयाँ छुट पाइने छ ।
यो अफर आज अर्थात चैत्र २४ गतेदेखि सुरु भएर बैशाख ३१ सम्म लागू हुनेछ । यो अवधि भित्र मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले यस अफरको फाइदा उठाउँन सक्दछन् ।
ग्राहकले यो अफरको फाइदा नेपालको कुनैपनि सोरुमबाट उठाउन सक्दछन् ।