Sunday, June 11, 2023

सुजुकीले लन्च गर्यो एडभेन्चर बाइक, यस्ता छन् लोभलाग्दा विशेषता

सुजुकी मोटरसाइकल इन्डियाले आज भारतमा एडभेन्चर बाइक ‘सुजुकी भी-स्ट्रोम एसएक्स २५०’ लन्च गरेको छ । कम्पनीले यो बाइक जिक्सर २५० को प्लेटफर्ममा तयार पारेको हो । यो बाइकको मूल्य भारतिय २.११ लाख तोकिएको छ ।

बाइले केटीएम २५० एडभेन्चर र बेनेली टीआरके २५१ सँग प्रतिस्पर्धा गर्ने जानकारहरु बताउँछन् ।

अन्तर्राष्ट्रिय बजारमा ‘सुजुकी भी-स्ट्रोम एसएक्स २५०’ को बिक्रि २०१७ देखि सुरु भएको हो । यसका थुप्रै सिरिजहरु अहिले बजारमा उपलब्ध रहेका छन् ।

यो बाइकमा २४९ सीसी सिंगल सिलिन्डरका साथ लिक्विड कुल्ड इन्जिन जडान गरिएको छ । यस इन्जिनबाट बाइकले २६.५ बीएचपी पावर र २२.२ न्यूटन मिटर टर्क उत्पादन गर्दछ । इन्जिन ६ स्पीड गियरबक्ससँग जोडिएको छ ।

बाइकको ह्यान्डलिङ र कन्ट्रोलहरू एडभेन्चर बाइक अनुसार रहेका छन् । बाइकमा फिक्स्ड एलईडी हेडलाइट, ट्रांसपेरेन्ट विन्डस्क्रिन, स्लिम टेल सेक्शन, ब्लुटुथ कनेक्टिभिटी एलईडी टेल लाइट, डुअल टोन बडी पेन्ट, स्प्लिट सिट र एलोय ह्वीलहरू रहेका छन् ।

यो बाइकमा पूरा रुपमा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर जडान गरिएको छ । बाइकमा ब्रेकिङका लागि डुअल डिस्क ब्रेकसँगै डुअल च्यानल एबीएस पनि उपलब्ध रहेको छ ।

कम्पनीले यसलाई कालो, सुन्तला कलर र पहेलो गरि तिन कलरमा उपलब्ध गराउने छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here