Monday, June 5, 2023

मारुती सुजुकीले ल्याउने भयो नयाँ गाडी, चाडैँ नै लन्च हुने

जापनीज कम्पनी मारुती सुजुकीले अप्रिलको तेस्रो हप्तामा आफ्ना दुईवटा गाडीका अपडेटेड मोडलहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले ‘मारुती अर्टिगा फेसलिफ्ट २०२२’ र ‘मारुती एक्सएल-६ फेसलिफ्ट २०२२’ बजारमा ल्याउन लागेको हो ।

कम्पनीले यी गाडीहरूको लन्च मिति नखुलाए पनि एक्सएल-६ भने अप्रिल २१ मा लन्च हुने खबर बाहिरिएको छ ।

‘मारुति एक्सएल-६ २०२२’ को इन्जिन र पावर हालको मोडलको जस्तै रहेको छ । जसले १०३ बीएचपी र १३८ न्यूटन मिटर टर्क उत्पादन गर्दछ । एक्सएल-६ फेसलिफ्टको स्ट्यानडर भेरियन्टमा ५-स्पीड म्यानुअल गियरबक्सका साथै ६-स्पीड अटोमेटिक गियरबक्स र ४-स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स रहेका छन् ।

यसमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, वायरलेस फोन चार्जिङ, लेदर सिट, अटोमेटिक एयर कन्डिसनर जस्ता सुविधा हुने खबर बाहिर आएको छ ।

‘मारुति एक्सएल-६ २०२२’ अहिलेको मोडल भन्दा महँगो हुनेछ । नेपाली बजारमा अहिले ‘मारुती सुजुकी एक्सएल-६ जेटाको’ मूल्य ४७ लाख २९ हजार छ भने ‘मारुती सुजुकी एक्सएल-६ अल्फा’ को मूल्य ४८ लाख २९ हजार रहेको छ ।

यसका साथै सुजुकी कम्पनीले आफ्नो सीएनजी मोडल पनि बजारमा ल्याउने तयारी गरेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here