जापनीज कम्पनी मारुती सुजुकी इन्डियाले अप्रिल २०२२ देखि आफ्ना गाडीको मूल्य बढाउने घोषणा गरेको छ । अप्रिल महिनाको अन्त्यमा कम्पनीले मूल्य बढाउने जनाएको छ ।
कम्पनीले मोडल अनुसार मूल्य वृद्धि गर्नेछ तर कतिले बढ्ने भनेर अहिलेसम्म तोकेको छैन् । गाडी निर्माण गर्न आवश्यक वस्तुहरुको मूल्य बढेसँगै कम्पनीले आफ्नो उत्पादनको मूल्य बढाउन लागेको हो ।
कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘विगत एक वर्षयता विभिन्न इनपुट लागतमा भएको वृद्धिका कारण कम्पनीका सवारीसाधनको मूल्यमा प्रतिकूल असर परिरहेकोले मूल्य बढाउन परेको हो । ‘
सन् २०२२ मा कम्पनीले घोषणा गरेको यो दोस्रो मूल्य वृद्धि हो । जनवरीमा मारुती सुजुकीले आफ्नो मोडल लाइनअपमा भारतमा कारको मूल्य १.७ प्रतिशतले बढाएको थियो ।
मारुती सुजुकीले हाल गाडी निर्माण गर्न आवश्यक इलेक्ट्रोनिक कम्पोनेन्टको अभावको सामना गरिरहेको छ जसले गाडीको उत्पादनलाई निरन्तर असर गरिरहेको छ।