नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । गतराती मंगलबार १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल, ग्यास र मट्टितेलको मूल्य बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ, डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ र ग्यासको प्रतिसिलिण्डर १६०० रुपैयाँ पुगेको छ ।
आन्तरिक हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरी १५६ र अन्तर्राष्ट्रिय हवाई इन्धन प्रतिकिलोलिटर ५० डलरले बढेर १५४५ डलर पुगेको छ ।
मूल्यवृद्धि गर्दा पनि १ महिनामा करिब ९ अर्ब २७ करोड नोक्सानी हुने निगमले जनाएको छ । हालसम्म निगमको घाटा ३३ अर्ब पुगेको छ ।