हिरोको एड्भेन्चर मोटरसाइकल एक्सपल्स २०० फोरभी नेपालमा आधिकारिक रुपमा लन्च भएको छ । हिरोको नेपालका लागि आधिकारिक वितरक नेपाल जनरल मार्केटिङले आज मोटरसाइकलका साथै स्कुटर पनि सार्वजनिक गरेको हो ।
यसको नेपाली बजारमा मूल्य ४ लाख ५० हजार हुने कम्पनीले जनाएको छ ।
गतवर्ष वर्ष अक्टोबरमा लन्च गरिएको हिरोको एन्ट्री एडभेन्चर बाइक ‘एक्स-पल्स २०० फो भि’ ले यसअघी २०२२ को ‘कार एण्ड बाइक’ अर्वाडमा केही उपाधि जित्न सफल भएको थियो । यो मोटरसाइकलले ‘एडभेन्चर मोटरसाइकल अफ द इयर’ को साथै प्रतिष्ठित ‘दुई पाङ्ग्रे बाइक अफ द इयर’ अर्वाड जितेको हो।
यो एडभेन्चर बाइक फोर-भल्भ प्रति सिलिन्डर टेक्नोलोजीमा आधारित रहेको छ। यसअघी बाइकमा साधारण दुई भल्भ सेटअप गरिएको थियो। बाइकलाई अझ राम्रो बानउन परिमार्जित इन्जिन कूलिङ प्रणाली र संशोधित गियर अपग्रेड गरिएको छ।