‘टाटा मोटर्स केयर प्लस’ नामकरण गर्दै टाटा मोटर्सले नेपालमा वार्षिक मर्मत सेवा प्याकेज ल्याएको छ । यसको लागि कम्पनीले सिप्रदी ट्रेडिङ प्रालिसँग सहकार्य गरेको हो ।
टाटाको केयर प्लस प्याकेज अहिले पेट्रोलबाट चल्ने टाटा नेक्सनमा मात्र रहेको छ । यस प्याकेज अन्तर्गत ग्राहकले सवारी चलाउँदा कम्पनीले बचत र सुरक्षाको ग्यारेन्टी दिन्छ । यो प्याकेज प्रयोग गर्दा ग्राहकलाई धेरै फाइदा हुनेका साथै सवारी साधनहरूको सहज र समस्यामुक्त संचालन सुनिश्चित हुने कम्पनीले जनाएको छ ।
यो प्याकेजमा ह्विल अलाइनमेन्ट, सवारी मर्मत जस्ता विभिन्न लाभदायि सेवाहरु रहेका छन् । केयर प्लस सेवा ग्राहकले गाडी बिक्री भएको मितीदेखि ३६५ दिनभित्र वा १५,५०० किलोमिटर गुड्नु अगाडि केयर प्लस खरिद गर्न सक्नेछन्।
भविष्यमा कम्पनीले यो सेवा विभिन्न मोडलहरूमा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यसका साथै केयर प्लस सेवा २४ वटै सेवा केन्द्रहरूमा कम्पनीले उपलब्ध गराउँने छ ।
नेपाली बजारमा हाल टाटाका ९ मोडलका गाडी उपलब्ध रहेका छन् ।