पछिल्लो समय भारतमा विद्युतीय स्कुटरमा आगलागीको घटना बढी रहेको बेला अब भने मोटरसाइकलमा आगलागीको घटना बाहिर आएको छ । उक्त घटनाको भिडियो अहिले सामाजिक संजालमा भाइरल भईरहको छ ।
यो घटना भारतको आन्ध्र प्रदेशको जिल्ला अनन्तपुरको हो । पहिले इन्फिल्डको मोटरसाइकलमा आगो लागेको र त्यसपछि त्यसमा ठूलो विस्फोट भएको प्रत्यक्ष दर्शीले जनाएका छन् ।
इन्फिल्ड मोटरसाइकलका चालकले सो बाइक मैसूरदेखि गुन्टाकल मण्डलसम्म करिब ३८७ किलोमिटरसम्म ननस्टप चलाएका थिए । त्यसपछि ती व्यक्तिले मोटरसाइकल पार्क गरेर मन्दिरमा प्रवेश गर्ने बित्तिकै मोटरसाइकलमा आगो लागेको र ट्याङ्की विस्फोट भएको रिपोर्टले जनाएको छ ।
यो घटनामा कुनैपनि जनधनको क्षति भएको विवरण भने आएको छैन । यसका साथै के कारणले बाइकमा आगो लागेको भन्ने अहिलेसम्म खुलेको छैन् ।