निसानले नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले यो अफर ल्याएको हो । ग्राहकको लागि इन्स्योरेन्स देखि छुटसम्मका विभिन्न अफर रहेको कम्पनीले जनाएको छ ।
अफर अन्तर्गत ग्राहकले निसान किक्स खरिद गर्दा ३ लाख ५० हजार नगद छुट पाउनेछन् । यसका साथै ग्राहकले कुनैपनि पुराना गाडीसँग नयाँ निसान किक्स साट्न सक्नेछन् । स्पट एक्सचेन्ज र भ्यालुएसनको सुविधा समेत रहेको कम्पनीले बताएको छ ।
ग्राहकलाई ४ लाख ५२ हजारको छुट हुनेछ जसमा कम्पनीले १ वर्ष सम्मको इन्स्योरेन्स र सडक कर छुट पनि दिनेछ ।
चैत्र २२ अर्थात आजबाट यो अफर सुरु भएर बैशाख १७ सम्म लागू हुनेछ ।
निसान किक्सको नेपाली बजारमा आधिकारिक मूल्य ४८ लाख ९९ हजार देखि ७२ लाख ९९ हजार रुपैयाँ रहेको छ ।