Monday, June 5, 2023

पेट्रोल पम्पमा यस्ता कुराबाट सचेत रहनुहोस्

के तपाई आफ्नो बाइकले दिने कम माइलेजबाट चिन्तित हुनुहुन्छ ? के तपाईको बाइकले पहिले जति माइलेज दिदैन ? त्यसैले सचेत हुन जरुरी छ । किनकी यी सबै कुराको अर्थ तपाईको बाइकलाई राम्रो मर्मतसम्भार चाहिन्छ भन्ने मात्र होइन न त प्राविधिक गल्ती नै यसको लागि जिम्मेवार हो । हो, यसका लागि पेट्रोल पम्पमा हुने हेराफेरी पनि जिम्मेवार छ ।

धेरै पटक तपाईले आफ्नो मोटरसाइकलमा एउटै पेट्रोल पम्पबाट इन्धन लिनुहुन्छ । यो समयमा तपाईलाई धोका पनि दिन सक्छन् । तर तपाईले यसको बारेमा चिन्ता लिनु पर्दैन । किनभने सबै अटोले तपाईंलाई यस्ता सबै परिस्थितिहरूबाट आफ्ना सुझावहरू मार्फत सचेत गराउनेछ । हामी तपाईलाई बताउँछौं कसरी पेट्रोल पम्पमा धाँधली गरिन्छ, जसले तपाईको बाइकको माइलेज र तपाईको खल्ती दुवैलाई प्रत्यक्ष असर गर्छ ।

आउनुहोस् तपाईलाई यी कुराहरुबाट कसरी बच्न सकिन्छ भनी बताउनेछाै

१. हतारमा हुँदा ट्याङ्की कहिल्यै फुल न भर्नुहोस् ।

२. पहिले देखि नै धेरै भीड भएको पेट्रोल पम्पमा नजानुहोस् ।

३. कडा घाममा पेट्रोल किन्न नजानुहोस् । बिहान वा बेलुका पेट्रोलको घनत्व बढी हुन्छ, त्यस बेला मात्र पेट्रोल किन्न जाने गर्नुहोस् ।

४. पेट्रोल पम्पमा आउँदा मिटरमा ध्यान दिनुहोस् । पम्पको मिटर शून्य देखिएन भने कर्मचारीलाई बताउनुहोस् ।

५. पेट्रोल भरेपछि पम्पको मिटरमा एकपटक ध्यान दिनुहोस्, यदि मिटर झिम्किरहेको छ भने यसको अर्थ तपाइले पर्याप्त मात्रामा पेट्रोल पाउनु भएको छैन ।

६. पेट्रोल पम्पमा कर्मचारीसँग अनावश्यक कुरा नगर्नुहोस् । बोल्न मन छ भने पेट्रोल लिएपछि बोल्नुहोस् ।

७. भोलि लामो यात्रामा जानु परेमा आजै बेलुकी वा बेलुकी नै तेल लिने प्रयास गर्नुहोस्, ताकि भोलि हतारमा लापरवाही नहोस् ।

८. कुनै पनि पेट्रोल पम्पमा पेट्रोल मिसावट भएको शंका लागेमा प्रत्येक पम्पमा पेट्रोल जाँच गर्ने यन्त्र हुन्छ । यसबारे प्रबन्धकसँग कुरा गर्नुहोस् र पेट्रोल जाँच गर्नुहोस् ।

९. यस्ता सावधानीहरू संग तपाईं आफ्नो बहुमूल्य समय साथै आफ्नो मेहनतले कमाएको पैसा बर्बाद हुनबाट बचाउन सक्नुहुन्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here