बढ्दो विद्युतीय सवारीसाधनको चापलाई मध्यनजर गरेर नेपाल विद्युत प्राधिकरणले भरतपुर महानगरपालीमा चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । यसको लागि प्राधिकरणले भरतपुर महानगरपालीकासँग सहकार्य गरेको हो ।
भरतपुर स्थित ‘पारस बसपार्क’मा उक्त चर्जिङ स्टेशन निर्माण गरिन् लागेको हो । यो चार्जिङ स्टेशन २ महिना भित्र संचालनमा आउने प्राधिकरणले जनाएको छ ।
भरतपुर महानगरपालीकाको मेयर रेणु दाहालले चर्जिङ स्टेशनको शिल्यानास गर्दै फेसबुकमा लेखेकि छिन्, ‘भरतपुर महानगरपालिका को केन्द्रिय बस पार्कमा नेपाल बिधुत प्रधिकरण बाट पहिलो बिधुतीय चार्जिङग स्टेसन स्थापना हुदैछ। जस बाट एकै पटक ६ वटा गाडीहरू चार्ज गर्न सकिने छ। साथै आज निर्माण कार्यको शुरूवात संगै अबको २ महिना भित्र संचालनमा आउने छ।’
योसँगै प्राधिकरणले देशका विभिन्न ३२ स्थानमा यही आर्थिक वर्ष भित्र चार्जर जडान गर्ने जनाएको छ ।