तपाईंसँग कार होस् वा बाइक, यसलाई सधैं सेवा र हेरचाह चाहिन्छ । हामीमध्ये धेरैले बाइक किन्ने गर्छौ तर त्यसको राम्रोसँग रेखदेख गर्न सक्दैनौ, जसका कारण बाइकमा सधैं कुनै न कुनै त्रुटि हुन्छ । यहाँ हामी तपाईलाई केहि यस्ता टिप्सहरु बताउनेछौ जसलाई अपनाएर तपाई आफ्नो बाइकलाई सधैं नयाँ र फिट राख्न सक्षम हुनुहुनेछ ।
इन्जिन:
बाइकको सबैभन्दा महत्त्वपूर्ण भाग यसको इन्जिन हो, त्यसैले इन्जिनको नियमित सर्भिसिङ गरिरहनुहोस् । सर्भिसिङ गर्दा कार्बोरेटर र भल्भ सफा गर्नुपर्छ। लामो सवारीमा निस्कनु अघि वा सवारीबाट फर्केपछि बाइकको स्पार्क प्लग जाँच गर्नुहोस् वा बदल्नुहोस् । प्रत्येक १५०० किलोमिटर बाइक कुदे पछि एक पटक कार्बोरेटर (carburetor) सफा गर्नुपर्छ ।
इन्जिन तेल:
मोटरसाइकलको इन्जिन राम्रो पर्फमेन्स दिने बनाउनका लागि इन्जिनको तेल नियमित रूपमा परिवर्तन गर्न धेरै महत्त्वपूर्ण छ । यसका लागि सधैं इन्जिन तेलको स्तर जाँच गरिरहनुहोस् । इन्जिन तेलको स्तर कम हुँदा यसलाई ढिलाइ नगरी बदल्नुहोस् । कम इन्जिन तेल लेभलमा बाइक चलाउँदा इन्जिनको भित्री भाग बिग्रन्छ र शेल्फ लाइफ घटाउन सक्छ । ३००० देखि ४००० किलोमिटरमा एक पटक इन्जिन तेल परिवर्तन गर्नुहोस् ।
एयर फिल्टर:
बाइकको पर्फमेन्स राम्रो बनउनका लागि पनि एयर फिल्टर सफा राख्नु धेरै महत्त्वपूर्ण छ । बाइकको एयर फिल्टर समय समयमा सफा गरिरहनुहोस् । आवश्यक भए वर्षमा एक पटक एयर फिल्टर परिवर्तन गर्नुहोस् ।
क्लच:
बाइकलाई राम्रो पर्फमेन्स दिनको लागि क्लचको सही समायोजन हुनु आवश्यक छ । क्लच धेरै टाइट हुनु हुँदैन । बाइक चलाउदा क्लच धेरै थिच्नु हुँदैन, यसले इन्जिनमा समस्या ल्याउछ र माइलेजलाई असर गर्छ ।
चेन र गियर:
बाइकको चेन र गियरले राम्ररी काम गर्न निकै आवश्यक छ । किनभने चेन र गियर ट्रान्समिसनका मुख्य भाग हुन् । बाइकको चेन धेरै टाइट वा खकुलो हुनु हुँदैन । चेनमा खिया लाग्ने खतरा हुने भएकाले यसलाइ कहिल्यै पानीले सफा नगर्नुहोस् । चेनमा खिया लाग्ने र घिसिने समस्या कम गर्न, सर्भिस गरिसकेपछि चेनलाई लुब्रिकेट गर्नुपर्छ ।
बाइक चलाउँदा गियरको विशेष ख्याल गर्नुपर्छ । पार्क गरिएको बाइकमा अनावश्यक रूपमा गियरहरू थिच्नु हुँदैन । गियरहरू परिवर्तन गर्दा गियरहरूलाई झटका नदिनुहोस् वा कडा नथिच्नुहोस्, किनकि यसले गियरबक्सलाई छिट्टै क्षति पुर्याउन सक्छ ।
ब्रेक:
सही समयमा ब्रेक नलाग्दा सडकमा धेरै दुर्घटना हुने गरेको छ । त्यसैले ब्रेकहरु सधै जाँच गर्नु धेरै आवश्यक छ । यदि तपाइ ड्रम ब्रेक भएको बाइक चलाउनु हुन्छ र ब्रेक कम लग्ने गरेको छ भने तुरुन्तै ब्रेक प्याडहरू परिवर्तन गर्नुहोस् । डिस्क ब्रेक भएको बाइक छ भने सधै ब्रेक तेलको स्तर जाँच गर्नुहोस् । ब्रेक तेल कतैबाट चुहिएको छ कि छैन भनेर जाँच गर्नुहोस् । डिस्कमा रहेको धुलो र फोहोर सधैं सफा गर्नुहोस् ।
ब्याट्री:
समय समयमा बाइकको ब्याट्री जाँच गरिरहनुहोस् । यदि ब्याट्रीमा कुनै चुहावट छ भने, यसलाई तुरुन्तै बदल्नुहोस् । ब्याट्री डाउन भयो भने यसलाई चार्ज गर्नुहोस् । सधैं ओरिजिनल (original) र राम्रो गुणस्तरको ब्याट्री प्रयोग गर्नुहोस् ।
टायर:
सधैं टायरमा हावाको चाप नजर राख्नुहोस् । टायरमा हावाको चाप घट्दा तुरुन्तै हावा फुलाउनुहोस् । टायरमा हावा पम्प गर्दा सधै मिटरको प्रयोग गर्नुहोस् । ग्रिप बिनाको टायर प्रयोग नगर्नुहोस् । टायर धेरै पुरानो भएमा वा चर्किएको देखेमा चाँडै बदल्नुहोस् ।