अहिले पेट्रोलियम प्रदार्थको बढ्दो परिस्थितिमा पनि विद्युतीय सवारीसाधनको प्रयोग कम रहेको बन्दै इप्पानले र्याली गर्ने भएको छ । इप्पानले सर्वसाधरणलाई विद्युतीय सवारीसाधनको चेतना फैलाउने उद्देश्यले आगामी शनिबार अर्थात अप्रिल २ मा र्याली आयोजना गर्न लागेको हो ।
यो र्यालीको मुख्य उद्देश्य जनतालाई विद्युतीय सवारीसाधन प्रयोग गर्न प्रेरित गर्नु र सरोकारवाला सबैलाई दबाब दिनु रहेको इप्पानले जनाएको छ । यो र्याली बिहान ७ बजे भृकृटीमण्डपबाट सुरु भएर फर्पिङ्क पुगेर फेरि भृकृटीमण्डप आएर समापन हुनेछ । यस र्यालीमा विद्युतीय सवारीसाधन भएका व्यत्तिले सहभागिता जनाउँन सक्दछन् । र्यालीमा २ सयको हाराहरीमा मानिस सहभागी हुने कम्पनीले जनाएको छ ।
विद्युतीय सवारीसाधनलाई प्रोत्साहन गर्न सरकारले धेरै नीति ल्याएको तर पनि सोचे अनुसार विद्युतीय सवारीसाधनको प्रयोग नभएको इप्पानले बताउँदै आएको छ ।
र्यालीको समाप्ति पछि राष्ट्रपति विद्यादेवी भण्डारीले हिमालयन एक्स्पोको उद्घाटन गर्ने छिन् ।