Monday, May 29, 2023

बाइक स्टार्ट गर्न समस्या भइरहेको छ ? यी सजिला सुझावहरू पालना गर्नुहोस्

बाइक स्टार्ट गर्न समस्या भइरहेको छ ? खास गरि गर्मी मौसममा भन्दा जाडोमा बाइक र स्कुटरहरू प्रायः स्टार्ट गर्न कठिनाइहरू भइ रहन्छन् । जाडो मौसममा बाइक बाहिर पार्क गर्दा इन्जिन चिसो हुन्छ । जसका कारण स्टार्ट गर्न निकै मिहिनेत गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बाइक स्टार्ट गर्न धेरै समय खेर जान्छ र कहिलेकाहीँ बाइक स्टार्ट पनि हुँदैन । हामी यहाँ जाडोमा सजिलै बाइक स्टार्ट गर्ने केही महत्त्वपूर्ण टिप्स बताइरहेका छौं –

१. खुला ठाउँमा बाइक पार्क नगर्नुहोस्:

जाडोमा खुला आकाशमुनि बाइक पार्क गर्नेलाई स्टार्ट गर्न झनै समस्या हुने गरेको छ । चिसोमा मोटरसाइकल लामो समयसम्म बाहिर पार्किङ गरेमा इन्जिन आयल सामान्य तापक्रम भन्दा चिसो हुन्छ । जसका कारण इन्जिन स्टार्ट गर्न समस्या हुन्छ । यस्तो अवस्थामा बाइकलाई छतमुनि वा धेरै चिसो नभएको बन्द ठाउँमा पार्क गर्ने प्रयास गर्नुहोस् । यसबाहेक, पार्क गर्दा बाइक कभरले बाइकलाई छोप्नुहोस्, यसले इन्जिनको तापक्रम धेरै घटाउँदैन ।

२. स्टार्ट गर्ने बित्तिकै बाइक नकुदाउनुहोस् :

बाइक स्टार्ट गर्ने बित्तिकै कुदाउने गर्नु हुन्छ भने यसो नगर्नुहोस् । बाइक स्टार्ट भइसके पछि पनि केहिबेर नकुदाइकन एक्सेलेटरलाई बढाउनुहोस् । यसले इन्जिनलाई तातिने मौका दिनेछ र चलिरहेको बेला बन्द हुने छैन । बाइक स्टार्ट गर्दा सँधै यति कुरा ध्यानमा राखे बाइकको इन्जिन पनि लामो समयसम्म राम्रो रहन्छ ।

३. छ भने किक स्टार्ट गर्नुहोस्:

जाडोमा बाइक स्टार्ट गर्न समस्या भएमा सेल्फ स्टार्ट गर्नुको सट्टा किक प्रयोग गर्नुहोस् । किक स्टार्टले बाइक स्टार्ट गर्न सजिलो बनाउँछ । यद्यपि, आजकल धेरै आधुनिक बाइकहरूमा किक स्टार्ट हुँदैन, त्यसैले तिनीहरूसँग सेल्फ स्टार्ट गर्ने विकल्प मात्र हुन्छ ।

४. स्पार्क प्लग सफा गर्नुहोस्:

स्पार्क प्लगमा फोहोर जम्मा हुँदा पनि बाइक स्टार्ट हुँदैन । यस्तो अवस्थामा बाइक वा स्कुटरको स्पार्क प्लग नियमित रूपमा सफा गर्नुपर्छ । यसबाहेक, बाइकलाई समयमै सर्भिसिङ गरिरहनुहोस् ।

५. ब्याट्री चार्ज गर्नुहोस्:

बाइकको इन्जिन सुरु गर्न ब्याट्रीले महत्त्वपूर्ण भूमिका खेल्छ । यदि ब्याट्री डिस्चार्ज भयो वा यसको तारहरुमा केहि गडबड भयो भने बाइक स्टार्ट हुँदैन । यदि तार खराब अवस्थामा छ वा ब्याट्री डिस्चार्ज भएको छ भने, मेकानिकद्वारा मर्मत गरी चार्ज गराउनु राम्रो हुन्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here