Monday, May 29, 2023

सवारीसाधन यसरी ओभरटेक गर्दा दुर्घटनाको जाेखिम कम हुन्छ, जान्नुहोस् टिप्स

यदि तपाईंले अत्यन्त सावधानीपूर्वक ड्राइभ गर्नु भयो भने सडकमा ड्राइभिङको अनुभव धेरै रमाइलो हुन्छ । सडकमा सवारी चलाउँदा अलिकति लापरवाहीले ठूलो खतरा निम्त्याउन सक्छ । सवारी चलाउँदा धेरै पटक नजानेरै गल्ती हुने गरेको छ भने कहिले अन्य सवारीलाई ओभरटेक गर्ने दौडमा दुर्घटनाको सिकार हुने गरेको छ । सवारी चलाउँदा गलत ओभरटेकिङका कारण दुर्घटना बढ्दै गएको छ ।

यस्तो अवस्थामा, हामीले सुरक्षित भइ ओभरटेक गर्ने तरिकाहरू जान्नु महत्त्वपूर्ण छ । यहाँ आज हामी तपाईलाई केही यस्ता टिप्स बताउनेछौँ, जसलाई थाहा पाएर तपाईले सडकमा दौडिरहेका अन्य सवारीलाई होसियारीपूर्वक ओभरटेक गर्न सक्नुहुन्छ ।

१. पछाडि हेर्ने ऐनाकाे प्रयोग गर्नुहोस्

हिजोआज बाइकबाट पछाडि हेर्नका लागि बनाइएका ऐना निकाल्ने फेसन भैसकेको छ । पछाडि हेर्ने ऐनाको प्रयोग नगर्नु सडक दुर्घटनाको प्रमुख कारण हो । यो समस्या समाधान गर्न सवारी साधनमा पछाडि हेर्ने ऐनाको प्रयोगलाई ट्राफिक नियमले अनिवार्य गरेको छ ।

गाडीबाट पछाडि हेर्ने ऐना हटाउनु निकै खतरनाक हुन्छ । सवारीसाधनमा पछाडि हेर्ने ऐना नभएको खण्डमा पछाडीबाट आउने सवारी साधनलाई बाटोमा देख्न सकिँदैन । यस्तो अवस्थामा ओभरटेक गर्नुभयाे भने पछाडिबाट आउँदै गरेको गाडीले ठक्कर दिन सक्छ ।

२. टर्न सिग्नलहरू प्रयोग गर्नुहोस्

धेरैजसो चालकहरूकाे घुम्ती बाटोमा टर्न सिग्नलको प्रयोग गर्ने बानी हुदैन । टर्न सिग्नल तपाईको गाडीका लागि मात्र आवश्यक छैन । यसको प्रयोग गरेर अगाडि र पछाडिबाट आउने सवारीलाई तपाई कुन दिशामा घुम्न चाहनुहुन्छ भन्ने पनि थाहा हुन्छ ।

यदि तपाइ सवारी साधन ओभरटेक गर्दै हुनुहुन्छ भने टर्न सिग्नलकाे प्रयोग गर्नुपर्छ । यसबाट पछाडिबाट आउने सवारी साधनलाई लेन परिवर्तन गर्ने वा अगाडिको सवारी साधनलाई ओभरटेक गर्ने भन्ने कुरा थाहा हुन्छ । टर्न सिग्नलको प्रयोगले राजमार्ग वा सहरको भीडभाड भएका सडकहरूमा सवारी साधनहरूलाई निर्देशन दिन धेरै सहयोगी हुन्छ ।

३. घुमाउरो सडकहरूमा यी सावधानीहरू अपनाउनुहोस्

घुमाउरो वा तीव्र मोडमा ओभरटेक गर्न खतरनाक छ । यस्ता सडकमा न अगाडिबाट आउने सवारीसाधन थाहा पाउन सकिन्छ न पछाडीबाट आउने । यस्तो अवस्थामा अगाडि बढ्न हतार गर्नु जाेखिमपुर्ण साबित हुन सक्छ । सडककाे मोड हतारमा ओभरटेक गर्ने गल्ती नगर्नुहोस् । मोड सकिएपछि अगाडिको गाडीलाई सिग्नल दिएर ओभरटेक गर्ने प्रयास गर्नुहोस् ।

४. एकै समयमा धेरै सवारी साधन ओभरटेक नगर्नुहोस्

हामी सडकमा अरु सवारीसाधन भन्दा अलिक अगाडि जानका लागि एकैपटक धेरै सवारीसाधनलाई ओभरटेक गर्ने गल्ती गर्छौं । यस्तो अवस्थामा ओभरटेक गर्दा विशेष ख्याल गर्नुपर्छ । सडकमा हरेक सवारीसाधन फरक–फरक गतिमा गुड्ने भएकाले अर्को सवारीसाधनको सही गति नबुझी ओभरटेक गर्दा खतरा हुनसक्छ । छिटो ओभरटेक गर्दा, तपाईं ढिलो चलिरहेको सवारी साधनहरु संग टक्कर गर्न सक्नुहुन्छ । त्यसैले एक पटकमा एउटा मात्र गाडी ओभरटेक गर्नुहोस् ।

५. अर्को सवारीसाधनलाई ओभरटेक गरिरहेको गाडीलाई ओभरटेक नगर्नुहोस्

सडकमा अरु गाडीले ओभरटेक गरिरहेको देखेमा ओभरटेक नगर्नुहोस् । अर्को गाडीलाई ओभरटेक गरिरहेको गाडीलाई ओभरटेक गर्न सडकमा पर्याप्त ठाउँ चाहिन्छ । यस्तो अवस्थामा सडक सिंगल लेनको छ भने अगाडिबाट आउने सवारीसाधनलाई ठक्कर दिने वा गाडीमाथिको नियन्त्रण गुमाउन सक्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here