भारतमा फेरि पनि एक इलेक्ट्रिक स्कुटरमा आगलागी भएको घटना अहिले समाजिक संजालमा भाइरल भईरहेको छ । हैदरावादको स्टार्टअप कम्पनी ‘प्योर इभीले’ निर्माण गरेको स्कुटर ‘इ प्लुटो ७ जी’ तमिलनाडुको राजधानी चेन्नईमा आगो लागेको हो । यो घटनासँगै विद्युतीय सवारी साधनको सुरक्षामा आम मानिसको चिन्ता बढेको छ ।
यसअघी पनि भारतमा ओला र ओकिनावा अटोटेकको इलेक्ट्रिक स्कुटरमा आगलागी भएको थियो । ओला इलेक्ट्रिकले घटनाबारे आफ्नो विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । कम्पनीले आगामी दिनमा छानबिन गरी उचित कारबाही गर्ने आश्वासन पनि दिएको छ ।
विद्युतीय सवारी साधन वा इलेक्ट्रोनिक उपकरणमा प्रयोग हुने लिथियम आयन ब्याट्री राम्रोसँग निर्माण नगरेर आगलागीको घटना बढेको भारतिय जानकारहरु बताउँछन् । यस विषयमा भारितय सरकारले पनि चाँसो दिएको छ र अनुसन्धान गर्न सम्बन्धित विभागलाई आग्रह गरेको छ ।
‘प्योर इभी’ कम्पनीका स्कुटर नेपालमा पनि उपलब्ध रहेका छन् । ‘प्योर इभी’ को नेपालको लागि आधिकारिक वितरक ह्वाइट लोटस मोटर्सले नेपालमा स्कुटर बेच्दै आइरहेको छ ।