दक्षिण कोरियन कम्पनी कियाले नेपाली बजारमा चाडैं नै ‘इभी-६’ ल्याउँने भएको छ । नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आफ्नो आधिकारिक वेभसाइटमा ‘इभी-६’ को लिष्टिङ गरेको छ । जसमा ‘इभी-६’ कारको फोटो मुनि ‘कमिङ सुन’ भनेर लेखिएको छ ।
कम्पनीका अनुसार नेपालमा हाललाई ‘इभी-६’ को जिटी लाइन भर्सन मात्र आउन लागेको हो । अन्तराष्ट्रिय बजारमा भने यसको व्याट्री प्याक अनुसार २ भर्सन उपलब्ध रहेका छन् । नेपालमा उपलब्ध हुने भर्सनको व्याट्री प्याक, ७७.४ किलोवाट क्षेमताको रहेको कम्पनीले जनाएको छ ।
यसको नेपाली मूल्य करिब १ करोड १० लाख हुने अनुमान गरिएको छ । तर कम्पनीले भने यसको आधिकारिक मूल्य अहिलेसम्म खुलाएको छैन् ।
स्पोर्टी डिजाइनमा केन्द्रिय यो कारमा इंटीग्रेटेड एलईडी, डे-टाइम रनिंग लाइट्सको साथै युनिक एलइडी डिआरएलएस रहेका छन् । यसमा लेयर्ड ड्यासबोर्ड, एसी भेन्ट्स, फ्ल्याट बटम स्टेयरिङ ह्वील र सेन्टर कन्सोल, वायरलेस चार्जर, ८-साइड आरामदायी ड्राइभर सिट, फराकिलो क्याविन स्पेस, एआईमा आधारित एचयूडी, एडीएएस जस्ता सुविधाहरु रहेका छन् ।
अन्तर्राष्ट्रिय बजारमा अहिले किया ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट गरी २ ब्याट्री प्याक सहित उपलब्ध रहेको छ । जसअन्तर्गत ‘इभी-६’ को ५८ किलोवाट र ७७.४ किलोवट कारले ५८५ र बिएचपी पावर र ७४० एनएम टर्क उत्पादन गर्दछ । फुल चार्जमा यसले ५२८ किलोमिटरसम्मको रेन्ज दिन सक्ने कम्पनीले दाबी गरेको छ ।