Monday, June 5, 2023

बाइक चलाउनुहुन्छ ? यी महत्त्वपूर्ण कुराहरू कहिल्यै नबिर्सनुहोस्

मोटरसाइकल चलाउँदा हामी प्रायः यस्ता धेरै साना कुराहरूलाई बेवास्ता गर्छौं, जुन दुर्घटनाको ठूलो कारण बन्न सक्छ । दुर्घटना जुनसुकै बेला र जहाँ पनि हुन सक्छ। यस्तो अवस्थामा, तपाईंले आफ्नो सुरक्षामा सम्झौता गर्नु हुँदैन । यहाँ हामी तपाईलाई यस्ता आधारभूत कुराहरु बताइरहेका छौँ, जुन बाइक चलाउँदा याद गर्नै पर्छ ।

सर्टिफाइड हेलमेट:

अधिकांश बाइक सवारहरूले आफ्नो सुरक्षाको लागि भन्दा नि ट्राफिक जरिवानाबाट बच्न बढी हेलमेट लगाउने गर्दछन् । त्यसैले कुनै पनि सस्तो हेलमेट किन्ने गर्छन् तर त्यसो गर्दा घातक हुन सक्छ । बाइक चलाउँदा सधैं सर्टिफाइड हेलमेट लगाउनुहोस् । हेलमेट किन्दा राम्रो सामग्रीबाट बनेको र टाउकोमा राम्रोसँग फिट हुने कुरामा पनि ध्यान दिनुहोस् । हेलमेट किन्दा सधै आधिकारिक बिक्रेताबाट किन्नुहोस् ।

गतिलाई ध्यान राख्नुहोस्:

बाइकको गतिमा सधैं ध्यान राख्नुहोस् । आफ्नो बाइकको गति सडक र नियम अनुसार राख्नुहोस् । मोटरसाइकल चलाउँदा अलिकति पनि नजर बिर्सिए समस्यामा पर्न सक्छ ।

दुबै ब्रेक सही तरिकाले प्रयोग गर्न सिक्नुहोस्:

यदि दुबै ब्रेकको उचित प्रयोग गरेर आफ्नो बाइक रोक्न सक्षम हुनुहुन्छ भने, तपाईं एक राम्रो बाइकर हुनुहुन्छ । यो तपाइँको सुरक्षा को लागी पनि सही छ, त्यसैले दुबै ब्रेक सही तरिकाले कसरी प्रयोग गर्ने जान्नुहोस् ।

संकेतहरूको प्रयोग:

धेरैजसो मोटरसाइकल चालकले यस विषयमा लापरवाही गरेका छन् । कतै घुम्न वा रोकिन चाहानुहुन्छ भने समयमै जानकारी गराउनु होला । लेनमा अचानक आफ्नो दिशा परिवर्तन नगर्नुहोस् । आफ्नो अर्को चालको बारेमा ट्राफिकलाई सूचक दिनुहाेस् वा आवश्यक भएमा हातले बताउनुहोस् ।

राम्रो दूरी राख्नुहोस्:

आफ्नो अगाडि वा छेउमा रहेका सवारी साधनहरूबाट उपयुक्त दूरी राख्नुहोस् । यदि तपाईं ट्राफिक जाममा हुनुहुन्छ भने, आफ्नो वरपरको नजर राख्नुहोस् । कुनै पनि सवारी साधनको धेरै नजिक जाने प्रयास नगर्नुहोस् ।

ओभरटेक गर्न हतार नगर्नुहोस्:

तिव्र मोडमा धेरै दुर्घटना हुन्छन् । खासगरी ठूला सवारी साधनलाई ओभरटेक गर्दा हतारमा ओभरटेक नगर्नुहोस् । यदि अगाडि तिव्र मोड छ भने ओभरटेक गर्नाले तपाई खतरामा पर्नु हुनेछ ।

खराब मौसममा बाइकिङबाट बच्नुहोस्:

वर्षा वा हिउँमा बाइक सकेसम्म चलाउने नगर्नुहोस् । यस्तो मौसममा सडक चिप्लो हुने भएकाले दुर्घटनाको जोखिम बढ्छ । त्यसैले खराब माैसममा बाइकिङ नगर्नुहाेस् ।

ABS भएकाे बाइक:

ABS अर्थात् एन्टि-लक ब्रेकिङ सिस्टमले कहिलेकाहीँ दुर्घटनाबाट बच्न मद्दत गर्छ । ABS भएकाे बाइक मात्र किन्न प्रयास गर्नुहोस् । अब यो सुविधा सस्तो बाइकमा पनि उपलब्ध छ । १२५ सीसी वा सोभन्दा माथिका बाइकका लागि ABS र १२५ सीसीभन्दा कम क्षमताका बाइकका लागि CBS अनिवार्य हुनेछ । यस कारणले गर्दा, आफ्नो पैसा ABS वा CBS भएका बाइकहरूमा मात्र लगानी गर्नुहोस् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here