विएमडब्लु मोटरसाइकलले नयाँ वर्षलाई मध्येनजर गरेर नयाँ योजना ल्याएको छ । नेपालका लागि विएमडब्लुको आधिकारिक वितरक हिमालयन मोटोरार्डले नयाँ अफर सार्वजनिक गरेको हो ।
अफर अन्तर्गत ग्राहकले ५० हजार नगद छुट पाउने छन् । जसमध्ये ग्राहकले इन्सुरेन्स, हेल्मेट, बिएमडब्लु जिएस सर्टिफाइड अफरोड ट्रेनिङ र ३ बर्षसम्मको निशुल्क सर्भिसिङ मध्ये एक सुबिधा छानेर लिन सक्नेछन् ।
नेपालमा विएमडब्लुको हाल २ मोडल (३१० आर र जी ३१० जिएस) रहेका छन् । यि बाइक बिएस-४ र बिएस-६ भेरियन्टमा उपलब्ध रहेका छन् ।
बिएस-४ जी ३१० आरको मूल्य ९ लाख ७५ हजार र जी ३१० जिएसको १० लाख ९० हजार रुपैयाँ रहेको छ भने बिएस-६ भेरियन्टको मूल्य भने जी ३१० आरको १३ लाख ७५ हजार र जी ३१० जिएसको १४ लाख ७५ हजार रुपैयाँ रहेको छ ।