सुजुकीले नेपाली नयाँ वर्षलाई लक्षित गरेर नयाँ योजना ल्याएको छ । नेपालको लागि सुजुकीको आधिकारिक वितरक भिजी अटोमोबाइलले आइतबार नयाँ योजना सार्वजनिक गरेको हो ।
‘गेट लक्की विथ सुजुकी’ नामकरण गरिएको यो योजना अन्तर्गत ग्राहकले कुपन स्क्र्याच गरि १ लाख रुपैयाँसम्मको क्यासब्याक तुरुन्तै प्राप्त गर्न सक्नेछन् । यसका साथै ग्राहकले सुजुकीको कुनै पनि मोटरसाइकल र स्कूटर खरिद गर्दा १० हजार रुपैयाँको स्योरसट पनि पाउँने छन् ।
कम्पनीले ग्राहकका लागि एक्सचेन्ज र फाइन्यान्सको पनि सुविधा उपलब्ध गराएको छ । यो अफर सिमित अवधीसम्मको लागि मात्र रहेको छ । हिजो अर्थात चैत्र १३ गतेदेखि सुरु भएको यो अफर वैशाख ३० गतेसम्मको लागि लागु हुनेछ ।
यो योजनाले ग्राहकलाई सुजुकीको मोटरसाइकल र स्कूटर खरिद गर्न प्रेरित गर्ने कम्पनीले जनाएको छ । यसअघि पनि कम्पनीले नेपाली चाडवाडलाई मध्यनजर गरेर नयाँ नयाँ योजना ल्याउँदै आइरहेको छ ।