Sunday, June 11, 2023

नयाँ मोटरसाइकल किने पछि के गर्नु हुन्छ ? के गर्नु हुदैन ? ५/५ सुझावहरु

नयाँ मोटरसाइकल किन्नु भनेको केवल सवारी साधन किन्नु मात्रै होइन, बरु नयाँ कुराका लागि सचेत हुनु पनि हो । कसैले नयाँ मोटरसाइकल किन्ने बित्तिकै त्यसका बारेमा सबै कुरा थाहा पाइसकेको हुन्छ भन्ने हुदैन । मोटरसाइकलका कतिपय कुराहरु थाहा नपाएर वा कतिपय कुराहरु हेलचेक्राइ गरेर पनि बिगारिन सकिन्छ । यस्तोमा नयाँ मोटरसाइकल किने के गर्नु हुन्छ ? के गर्नु हुदैन ? भन्ने जानकारी उपयोगी हुन सक्छ ।

यहाँ हामी त्यस्तै टिप्सहरु दिदैछौँ, जसले गर्दा नयाँ मोटरसाइकल किन्नेहरुले सावधानी अपनाएर आफ्नो मोटरसाइकलको आयू लामो बनाउन सक्छन् । यसरी होसियारी अपनाउँदा मर्मत सम्भार खर्च पनि घटेर आर्थिक लाभ हुन सक्छ ।

नयाँ मोटरसाइकल किने पछि गर्नु पर्ने कुराहरु

१. कम्पनीले तोकिए अनुसारको समयमा सर्भिसिङ गर्नुहोस् । सर्भिसिङ गराउन ढिला नगर्नुहोस् । मोटरसाइक सर्भिसिङ गराउनका लागि उपयुक्त अवधि पहिलो महिना, तेस्रो महिना, छैटौँ महिना र एक बर्ष सहि हुन सक्छन् तर तपाईको मोटरसाइकल अत्याधिक प्रयोग हुन्छ भने त्यो भन्दा अगाडि नै सर्भिसिङ गराउँदा राम्रो हुन्छ ।

२. मोटरसाइकललाई तोकिएको सर्भिस सेन्टरमा बनाउने वा सर्भिसिङ गर्ने गराउनुहोस् । नयाँ मोटरसाइकलहरुमा केहि अवधिसम्म सित्तैमा सर्भिसिङ गराउने अफरहरु पनि हुन सक्छन् ।

३. नयाँ मोटरसाइकल किनेको पहिलो महिनासम्म आरपिएम पनि सन्तुलन गर्नु पर्छ । यसले गर्दा मोटरसाइकलको पर्फर्मेन्स पछिसम्म राम्रो हुन्छ ।

४. निश्चित र कम गतिमा दौडाउनुहोस् ।

५. हरेक दिन स्टार्ट गर्नुहोस् र केहि किलोमिटर कुदाउने गर्नुहोस् । यसले गर्दा ब्याट्री राम्ररी चार्ज हुन पाउँछ भने अन्य पार्टहरु पनि मज्जाले चल्न र तपाईले बुझ्न पाउनु हुनेछ ।

नयाँ मोटरसाइकल किने पछि गर्नु नहुने कुराहरु

१. पहिलो महिना जोसुकैलाई जथाभावी कुदाउन नदिनुहोस् । अरुलाई कुदाउन दिएका कारण सुरुमै क्लच वा ब्रेकहरु बिग्रिएका धेरै उदाहरणहरु हुन्छन् ।

२. जतासुकै र मनलाग्दी तरिकाले बाइक बनाउने वा सर्भिसिङ गर्ने नगर्नुहोस् ।

३. नयाँ बाइकमा अनाधिकृत पार्टस वा तेलहरुको पनि प्रयोग नगर्नुहोस् ।

४. तिव्र गतिमा बाइक नदौडाउनुहोस् । बढिमा ५० किलोमिटर प्रतिघण्टा मात्रै दौडाउने निश्चित गर्नुहोस् । यो भन्दा बढि गतिमा दौडाउनु हुन्छ भने मोटरसाइकलको इन्जिन बिगार्दै हुनुहुन्छ ।

५. मोटरसाइकलको अवस्था कस्तो हुनेछ भन्ने कुराको निश्चितता तपाईले तेस्रो महिनासम्म कसरी चलाउनु हुन्छ भन्ने कुराले धेरै असर पार्छ । यसैले यो अवधिमा हेलचेक्राइ नगर्नुहोस् ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here