Monday, June 5, 2023

नयाँ मोडलका साथ आउने भयो मारुती ब्रेजा, यस्ता छन् सुविधा र विशेषता

मारुती सुजुकीले एसयूभी ‘भिटारा ब्रेजाको’ नयाँ जेनरेशन मोडल लन्च गर्ने योजना बनाएको छ । विशेषगरि कम्पनीले डिजाइनमा केन्द्रित भएर नयाँ मोडल सार्वजनिक गर्न लागेको हो । हालै कम्पनीले यो मोडलको सडक परीक्षण गरिरहेको कम्पनीले जनाएको छ ।

सडक परीक्षण गर्ने क्रमको भिडियोमा यो मोडल नयाँ एलोय पांग्रा सहित महत्वपूर्ण रुपमा डिजाइन गरिएको फ्रन्ट फेससँग देखिएको छ । २०२२ को मारुती ब्रेजा मोडलमा नयाँ डिजाइन गरिएको ग्रिल, अपडेट गरिएको बम्पर र एल-आकारको डीआरएलहरू सहित नयाँ हेडल्याम्प हुनेछ । पुन: डिजाइन गरिएको हुड र अगाडीको फन्डर (टायर माथिको कभर) ले यो मोडललाई नयाँ लुक दिएको छ ।

ग्राहकले यो नयाँ मोडलमा नयाँ टेललाइट सहित सुधारिएको रियर बम्पर पाउनेछन् । नयाँ मोडलको नम्बर प्लेट हालको मोडलको भन्दा केही तल हुनेछ । सुरक्षा र सुविधाको हिसाबमा यसमा अहिलेको भन्दा धेरै उपकरणहरू हुनेछन् । सुरक्षाका लागि ६ एयरब्यागहरू हुनेछ ।

यसमा ठूलो टचस्क्रिन, वायरलेस चार्जर, फ्याक्ट्री फिटेड सनरुफ, सिममा आधारित कनेक्टिभिटी, र हेड अप डिस्प्ले जस्ता सुविधाहरू हुने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ ब्रेजालाई राम्रो हाइब्रिड प्रणालीको साथ प्रस्तुत गर्न सक्ने बताइएको छ जसले गर्दा यसको माइलेजमा पनि सुधार हुनेछ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
दिपेश ढकाल
दिपेश ढकालhttps://sabaiauto.com/author/dipeshauto001/
दिपेश ढकाल व्यवस्थापनका विद्यार्थीहरु हुन् । खेलकुद र सवारी साधनहरुमा उनको विशेष अभिरुची छ । सबै अटो डट कममा उनका लेख, फिचर तथा समाचारहरु तपाईले पढ्न पाउनु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here