Monday, May 29, 2023

मोटरसाइकल सर्भिसिङ गर्दा के के कुराहरु याद गर्ने ? ध्यान दिनु पर्ने १० सुझावहरु

मोटरसाइकल सर्भिसिङ गर्नु भनेको मानव स्वास्थ्यको ख्याल गरेर कसरत गर्नु अथवा नियमित स्वास्थ्य जाँच गर्नु जस्तै हो । यान्त्रिक कुरा नै गर्ने हो भने पनि यो यन्त्रहरुको नियमित चेकजाँच र मर्मतसम्भार हो जसले गर्दा कुनै पनि यन्त्रहरु सहि ढंगले प्रयोग भइरहन सक्छन् ।

मोटरसाइकलको सर्भिसिङ पनि यस्तै एक प्रक्रिया हो जुन नियमित भइरहन पर्छ र आधिकारिक डिलर अथवा सर्भिस सेन्टरबाट गराउँदा राम्रो हुन्छ । तर सबै मानिसहरु यो सुझावलाई त्यति वास्ता गर्दैनन् । उनीहरुलाई लाग्छ कि मोटरसाइकलमा कुनै समस्या नदेखिएको अवस्थासम्म सर्भिसिङ गरिरहन आवश्यक नै पर्दैन । तर वास्तविकता के हो भने जब मोटरसाइकलमा केहि समस्याहरु देखिन थाल्छन् तब यसले मर्मतका लागि खर्च पनि निकै बढाउँछन् ।

यसैले कम्पनीले तोकिएको समय र अवस्थाहरुमा मोटरसाइकलको सर्भिसिङ गराउनु सबै भन्दा बुद्धिमानी हुन्छ । यसो त मोटरसाइकलको सर्भिसिङ गर्नका लागि कम्पनीको सुझाव मान्ने हो भने समस्याहरु पनि कम आउँछन् तर पनि मोटरसाइकल मालिकले मोटरसाइकलको सर्भिसिङ गर्दा केहि कुराहरु भने जानिराख्दा राम्रो हुन्छ । यसले गर्दा मोटरसाइकलको सर्भिसिङ कस्तो भयो भन्ने थाहा पाउन सकिन्छ । यसैले हामी यहाँ त्यस्ता केहि सुझावहरु दिन गइरहेका छौँ जसले मोटरसाइकलको सर्भिसिङ गर्दा के के कुरा याद गर्नु पर्ने रहेछ भन्ने जानकारी प्राप्त हुन्छ ।

१. हुन त, होल बडी चेक अप भन्नाले मानिसको शरिरको सबै अंगहरुको स्वास्थ्य जाँच भन्ने गरिन्छ तर मोटरसाइकलको सर्भिसिङ गर्दा पनि मोटरसाइकलको सबै भागहरु जाँच गरिएको हुन पर्छ । सामान्यतया, मोटरसाइकलको सर्भिसिङ गर्दा मोटरसाइकलका इलेक्ट्रोनिक्स पार्ट, इन्जिन, छ भने कार्बोरेटर, इन्जिन ओइल, ओइल फिल्टर, एयर फिल्टर, स्विङ आर्म्स, चेक र स्प्रोकेट, सस्पेन्सन, ब्रेक लगायत सबै सरसफाइ तथा घर्षण कम गराउन लुब्रिकेसनका कामहरु गरिन्छ । यसैले यी कुनै कुराहरु छुट्छन् कि भन्ने ख्याल गर्नु पर्छ ।

२. पुरानो इन्जिन ओइल फेर्नु पर्ने भएको हुन सक्छ । हामीले नियमित मोटरसाइकलको सर्भिसिङ गराउने समय यदि कम्पनीले तोके बमोजिमको छ भने वा त्यो भन्दा ढिलो छ भने इन्जिन ओइल पुरानो भएर काम नलाग्ने भइ सकेको हुन सक्छ । यसैले पुरानो इन्जिन ओइल हटाएर नयाँ ओइल राख्नु पर्छ ।

३. ओइल फिल्टर, एयर फिल्टरको अवस्था कस्तो छ भन्ने हेर्नै पर्छ । फेर्नु पर्ने भएमा ति फिल्टरहरु फेर्दा राम्रो हुन्छ । केहि समय टिक्छ भन्ने सोचेर यसमा पैसा जोगाउन खोजेमा यसबाट झन् ठुलो खर्च गर्नु पर्ने अवस्था आउँन सक्छ । किनभने फिल्टरहरुले बाहिरका धुलो लगायत नचाहिने कुराबाट इन्जिनलाई जोगाएका हुन्छन् । फिल्टरको खराबीले यस्ता कुरा सोझै इन्जिनमा पुग्दा इन्जिन बिग्रिन सक्छन् । यसले इन्जिन नै फेर्नु पर्ने अवस्थासम्म बन्न सक्छ ।

४. कार्बोरेटरको सफाइ नियमित मोटरसाइकलको सर्भिसिङ गर्दा गर्नु पर्ने मुख्य काम हो । यसले मोटरसाइकलको अवस्था सुधार्ने मात्रै गर्दैन, तेल बचत लगायतका कुरामा पनि यसको योगदान हुन्छ ।

५. मोटरसाइकलको नियमित सर्भिसिङ गर्दा ख्याल राख्नु पर्ने अर्को भाग हो, ब्रेक र यसका पार्टस तथा यसमा लाग्ने तेलहरुको अवस्था । ब्रेकमा हुने तेल सकिदै गएमा अथवा ब्रेकका पार्टसहरुमा खराबी हुदै गएमा यो दुर्घटनाको कारण बन्न थाल्छ । यसले मोटरसाइकलको मात्रै होइन, जीवन नै जोखिमपुर्ण बनाउँछ ।

६. चेन तथा क्लचहरुको अवस्थालाई पनि विशेष ध्यान दिनु पर्छ । क्लच तथा क्लच ब्रेकहरुको अवस्था खराब भएका मोटरसाइकलको पिकअपमा समस्या आउँन थाल्छ । त्यस्तै चेन र यसका पार्टसहरुमा भएको खराबीले पनि मोटरसाइकलको पर्फर्मेन्स कम गराउँन सक्छ ।

७. टायरहरु कतिको खिइएका छन् भन्ने कुराको सँधै ख्याल गर्नु पर्छ । पुरानो टायरहरु चिप्लिने मात्र होइन कि सामान्य दबाबमा पनि पड्किने डर हुन्छ । यसैले टायरहरुको अवस्था र यसमा हावाको अवस्था पनि चेक गर्न भुल्न हुदैन ।

८. एक्सालेटर, क्लच तथा ब्रेकहरु कतिको खुल्ला वा टाइट छन् भन्ने कुरा सर्भिसिङ गर्नु अगाडि मेकानिकलाई भन्नु पर्छ भने मोटरसाइकलको सर्भिसिङ भइसके पछि आफैले कुदाएर पनि तत्कालै जाँच गर्नु पर्छ ।

९. मोटरसाइकलको सर्भिसिङ पछि हर्न बज्छ कि बज्दैन ? सबै बत्तिहरु सहि तरिकाले काम गरिरहेका छन् कि छैनन् ? चार्जिङ पोर्टहरु छन् भने तिनले काम गरिरहेका छन् कि छैनन् ? यस्ता कुराहरुको अवस्था हेरेर निश्चित गर्नु पर्छ ।

१०. मोटरसाइकलको सर्भिसिङ सकिए पछि मोटरसाइकललाई ध्यान दिएर धुने गर्नु पर्छ । यस्तो गर्दा मोटरसाइकलमा भएका भौतिक खराबीहरु झन् सजिलै देखिन्छ । त्यसपछि मोटरसाइकलका आवश्यक पर्ने पार्टसहरुमा तेल तथा ग्रिज लगाउने गर्नु पर्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
सबै अटो
सबै अटो
सबैअटो डट कम २०७८ चैत्रदेखि सञ्चालन भएको अटोमोबाइलसँग सम्बन्धित अनलाइन पोर्टल हो । तपाईले यसमा स्कुटर, बाइक, कार लगायतका सम्पुर्ण अटोमोबाइलका सम्पुर्ण जानकारीहरु यसमा पाउन सक्नु हुनेछ । sabaiauto.com हेर्दै गर्नुहोला तथा सबैअटोका फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युब र टिकटकमा पनि हामीसँग जोडिन सक्नु हुनेछ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here