Monday, June 5, 2023

पुरानो कार किन्दा ब्याट्री कति पुरानो भन्ने कसरी थाहा पाउने ? केहि तरिकाहरु

सामान्यतया कारको ब्याट्रीको आयु कारमालिकको विचारमा ब्याट्री काम नलाग्ने नभएसम्म र गाडीमा जसोतसो काम आउँदासम्म बाँकी रहन्छ । तर प्राबिधिकरुपमा अधिकांश कारकाे ब्याट्रीहरू तीन देखि पाँच वर्षको अवधिको लागि उपयोगी हुन्छन् । हामीले यहाँ दिएको जानकारीहरुलाई ध्यानमा राख्नुहोस् ताकि तपाई आफ्नो कारको ब्याट्रीको आयू सचेत रहन सक्नु हुन्छ ।

ब्याट्री कति पुरानो ?

कारकाे ब्याट्री कति पुरानो भन्ने निर्धारण गर्नै धेरै तरिकाहरू छन् । यदि तपाईले नयाँ कार किन्नु भएको हो भने त्यसमा ब्याट्री पनि नयाँ हुन्छ । यसैले तपाईले किनेको समय जत्ति नै ब्याट्री चलाएको भन्ने जानकारी पाउन सक्नु हुन्छ । यसाे हुँदा ब्याट्री कति समय पुरानो हो भन्ने थाहा पाउन सजिलाे हुन्छ ।

ब्याट्री कति पुरानो हो भन्ने निर्धारण गर्ने एउटा थप सजिलो तरिका भनेको नयाँ ब्याट्री खरिद गर्दा पाउने रसिद पनि हुन सक्छ । तपाईले ब्याट्री खरिद गर्दा पाएको रसिदमा हेरेर ब्याट्री किनेको मिति थाहा पाउन सक्नु हुन्छ । यसले ब्याट्री कति पुरानो हो भन्ने सजिलै थाहा हुन्छ । यदि रसिद छैन भने, डिलरशिप वा अटो पार्ट्स जहाँबाट खरिद गर्नुभयाे त्यहाँ रेकर्डमा बिक्रीको बिल हुन सक्छ, जसले खरिदको मिति पाउन सक्नु हुन्छ ।

पहिलो चरणमा ब्याट्रीमा छापिएको मिति जानकारी भएको स्टिकर खोज्ने । उदाहरणको लागि, “10/20” को सरल अर्थ हो कि ब्याट्री अक्टोबर २०२० मा निर्मित हो ।

यदि त्यहाँ कुनै मिति स्टिकर छैन भने, ब्याट्रीमा बुझ्न सकिने अल्फान्यूमेरिक कोडको साथ स्ट्रिप वा स्ट्याम्प हुनेछ । यी जानकारीहरु सामान्यतया ब्याट्री कभरमा र कहिलेकाहीँ ब्याट्रीमा नै पाइन्छ । यसमा क्रमबद्ध रूपमा पहिलो दुई क्यारेक्टरहरूमा मिति जानकारी दिएकाे हुन्छ ।

पहिलो क्यारेक्टर शून्य देखि नौसम्मको संख्या हुने गर्दछ, जुन ब्याट्री निर्माण भएको वर्षको अन्तिम अंकसँग मेल खान्छ । उदाहरणको लागी, नौको मतलब 2019 हुन्छ । दोस्रो अक्षरले ब्याट्री बनाइएको महिनालाई जनाउँछ ।

A देखि L अक्षरहरू जनवरी देखि डिसेम्बरमा सिधै मेल खान्छन् । उदाहरणको लागि, अक्षर ‘C’ को अर्थ मार्च हुन्छ । यसलाई सँगै राखिएको छ भने “9C” ले मार्च 2019 को उत्पादन मितिलाई जनाउँछ । यी “9C” र “C9” का रुपमा अगाडि पछाडि पनि हुन सक्छन् तर यसको अर्थ एउटै हुन्छ ।

यदि ब्याट्रीमा कुनै कोड छैन भने, तपाईंले व्याट्रीको अवस्थाका आधारमा यसको उमेर अनुमान गर्न आवश्यक छ । टर्मिनलहरूमा र वरपर खियाको मात्रा उमेरको सूचक हो । यसमा जति धेरै खिया हुन्छ, ब्याट्रीको उमेर त्यति नै लामो हुन्छ ।

ब्याट्री खराब हुने अवस्था

ब्याट्री बदल्न आवश्यक छ भन्ने सबै भन्दा सामान्य संकेत भनेको जब तपाईकाे कारले इन्जिन सुरु गर्न संघर्ष गरिरहेको जस्तो आवाज निकाल्न थाल्छ, तब ब्याट्री बदल्नु पर्ने हुन सक्छ भनेको हो । यदि तपाईंले यो याद गर्नुभयो भने, तपाईंकाे कार बन्द हुँदा हेडलाइटहरू बालेर ब्याट्री जाँच गर्न सक्नुहुन्छ ।

हेडलाइटहरू चम्किलो नहुनु ब्याट्रीकाे जीवन अन्त्यमा पुगेको संकेत हो । यद्यपि, चिसो तापक्रमका कारण ब्याट्री फेल हुँदा वा लामो समयसम्म कार नचलाउँदा पनि यस्तो हुन सक्छ । याे बिग्रिन लागेको ब्याट्रीको सूचक हो ।

जम्प स्टार्टले ब्याट्रीलाई ठिक गर्न सक्छ । यसबाट ब्याट्रीको पावर सामान्य अवस्थासम्म फिर्ता आउन सक्छ । तर ब्याट्री पुरानो र कमजोर छ भने, जम्प स्टार्ट समाधान होइन । यसले केहि समयलाई काम गर्न सक्छ तर निकट भविष्यमा नै तपाईले फेरि दुख पाउनु हुन सक्छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...
विप्लव अधिकारी
विप्लव अधिकारीhttps://sabaiauto.com/author/biplovadhikari/
विप्लब अधिकारी पत्रकारिताका विद्यार्थी हुन् । अटोमोबाइलका ताजा जानकारीहरुमा उनको विशेष रुचि छ ।

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here