Monday, May 29, 2023

नेपालमा नयाँ गाडी फोर्स गुर्खा सार्वजनिक हुँदै, के-के छन् विशेषता ?

फोर्स मोटर्स नेपालले आफ्नो नयाँ गाडी फोर्स गुर्खा नेपाली बजारमा शुक्रबारदेखि बिक्री वितरण सुरु गर्ने भएको छ ।उक्त नयाँ गाडी नेपालका सडकका लागि उपयुक्त हुने आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाको दाबी छ । नेपालका लागि आयाम इन्टरकन्टिनेन्टल फोर्स मोटर्स गाडीको आधिकारिक बिक्रेता हो ।’नेपालको बाटोहरूलाई अन्त्यन्त उपयुक्त यो गाडीको बिक्री तथा वितरण आजदेखि गर्दैछौं,’ आयाम इन्टरकन्टिनेन्टल प्रालिका अध्यक्ष ध्रुव थापाले शुक्रबार आयोजित कार्यक्रममा बोल्दै भने।

‘ग्राउण्ड-अप मोडुलर आर्टिटेक्चर प्लेटफर्म’मा निर्मित यस गाडीको आकृतिले अघिल्लो पुस्ताको प्रसिद्ध जी-वागनलाई प्रतिविम्बित गर्छ ।लामो र चौडा बनावट भएको गुर्खाको क्याबिन अत्यन्त फराकिलो र आरामदायी छ। यसमा चारै जना यात्रुको लागि क्याप्टेन सिटलगायत पर्याप्त लेगरुम, हेडरुम, एल्बोरुम एवं ५०० लिटरको बुट स्पेसको व्यवस्था छ ।

मर्सिडिज निर्मित २,६०० सिसी इन्जिन जडित गुर्खा आफ्नो श्रेणीमा (सेग्मेन्ट) एक मात्र यस्तो गाडी हो जुन बिना कुनै समस्या तीन अंकको गतिमा राजमार्गमा दौडिन, ३५ डिग्रीको उकालो चढ्न र ७०० मिलिमिटर गहिरो पानीमा पनि सहजै चलाउन सकिन्छ।

त्यस्तै, यसमा रहेको एअर इन्टेक स्नोर्कल र चारैवटा पाङ्ग्रामा भएको लक पनि अन्य भन्दा विशेष प्रकारको छ। कम्पनीका अनुसार पाँचवटा विभिन्न आकर्षक रंगहरुमा उपलब्ध गुर्खाको वारेन्टी ३ लाख किमि वा ३ वर्ष रहेको छ ।

Latest

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन्...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका...

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टको नयाँ शाखा धनगढीमा सञ्चालन

हुन्डाइ कन्स्ट्रक्सन इक्विप्मन्टले आफ्नो नयाँ शाखा धनगढीमा सञ्चालन गरेको...

मापसे चेक गर्न बसेका प्रहरी हवल्दारको हात गाडी चालकले भाँचिदिए पछि…..

पोखरामा मापसे गरेर गाडी चलाउदा चेकिङमा बसेका प्रहरी हवल्दारको हात भाँचिदिएका छन् । चालक पोखराका व्यवसायी सौरभ थापा रहेको छन्। थापाले जिल्ला प्रहरी कार्यालय...

नेपालमा पाइने यामाहाको सबै बाइकहरुको सूची, मुल्य सहित

अहिले विश्वव्यापी रूपमा प्रसिद्ध ब्रान्डको रूपमा परिचित यामाहालाई सन् १९७५ मा नेपालको सबैभन्दा ठूलो उद्यम, MAW इन्टरप्राइजले नेपालमा ल्याएको थियो । नेपाल भरि यामाहाको...

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा

काठमाडौं महानगरिपालिकाले ३० वर्गफिटभन्दा माथिको साइनबोर्ड राख्न नदिएपछि महानगरभित्रका अटो सो-रुमहरु समस्यामा परेका छन् । अन्तर्राष्ट्रिय ब्रान्डका कम्पनिहरुले विक्रेताले कस्तो साइनबोर्ड राख्ने भनेरै मापदण्ड...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here