भारतको पुनेमा ‘ओला एस वान प्रो’ इलेक्ट्रिक स्कुटरमा आगो लागेको भिडियो अहिले सामाजीक संजालमा भाइरल भईरहेको छ । कम्पनीलाई यो घटना ‘ओला एस वान प्रो’ मा भएको जानकारी प्राप्त भईसकेको छ र यसको कारण बारे अनुसन्धान भईरहेको कम्पनीले जनाएको छ ।
स्कुटरका चालक पूर्णरुपमा सकुशल रहेको कम्पनीले दाबी गरेको छ । आगलागीको यकिन कारण खुल्न नसकेको तर लिथियम आयन ब्याट्रीको सर्ट सर्किटका कारण आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।
Ola S1 Pro Caught Fire in Maharashtra. The vehicle already has temperature management issues as reported by many YouTubers and auto experts. #OlaS1 #OLAFIRE #olas1pro #evfire #ev #bhash @OlaElectric @bhash @varundubey pic.twitter.com/KLFTCnoVAV
— Manjunatha M (@nileshj100) March 26, 2022
लिथियम आयन ब्याट्रीमा लागेको आगो निभाउन निकै गाह्रो हुने जानकारहरु बताउँछन् । जानकारहरुका अनुसार, आगलागी हुदाँ यसले चाडैं हाइड्रोजन ग्याँस र लिथियम-हाइड्रोक्साइड उत्पादन गर्दछ जसले गर्दा आगोले झन उग्र रुप लिने गर्छ ।
‘ओला एस वान प्रो’ को उच्च गति ११५ किलो मिटर प्रति घण्टा रहेको छ भने यसले फुल चार्जमा १८० किलो मिटरसम्मको यात्रा तय गर्न सक्दछ ।