ड्राइभिङ मन पराउने सबै मानिसहरुको रोजाईमा म्यानुअल कारनै पर्ने गर्छ । अटोमेटिक कारहरूको बजारमा धेरै माग बढेतापनि, म्यानुअल कारहरू सधैं मानिसहरुको रोजाईमा पर्छ। आज हामी म्यानुअल कार चलाउँदा के गर्ने र के नगर्ने भन्ने सुझावहरु दिन गईरहेको छौँ ।
के गर्ने ?
१) गियरहरू सिफ्ट गर्दा, क्लच सधैं थिच्ने गर्नुहोस्
यदि तपाईंले गियरहरू सिफ्ट गर्दा क्लच थिच्नु भएन भने तपाईंको कारको क्लच प्लेट साथसाथै इन्जिनमा समस्या आउनेछ । क्लचको प्राथमिक काम भनेको प्रसारण/इन्जिन सम्पर्कको मात्रालाई विनियमित गर्नु हो । त्यसैले गियरहरू सिफ्ट गर्दा जहिले पनि क्लच थिच्ने गर्नुहोस् ।
२) गियरहरू सहि तरिकाले प्रयोग गर्नुहोस्
तपाईंको गति अनुसार गियरहरू सिफ्ट गर्नुहोस्, अन्यथा तपाईंको कारको ट्रान्समिसन र इन्जिनमा समस्या आउनेछ । अनुचित गियरिङ र गतिको कारणले गर्दा इन्जिनमा छिटै समस्या आउँछ र गाडीले अर्कै नराम्रो आवाज निकाल्न थाल्छ । लामो अवधिसम्म गियर र गति नमिलाई गाडी चलाउनु हानिकारक हुनेछ ।
३) क्लच ठीकसँग प्रयोग गर्नुहोस्
गियरहरू बिग्रिनुको एक प्रमुख कारण भनेको क्लच ठिकसँग प्रयोग नगर्नु हो । क्लचमा पुरै थिचेर मात्र गियरहरू परिवर्तन गर्ने गर्नुहोस् ।
के नगर्ने ?
१) लगातार हाफ क्लचमा कहिल्यै ड्राइभ नगर्नुहोस्
यदि तपाईंले ड्राइभिङ गर्दा हाफ क्लचमा गर्नु भयोभने क्लच झन् छिटो बिग्रिनेछ । यसको परिणाम स्वरूप तपाईंको कारको मर्मत खर्च नियमित रुपमा बढ्नेछ।
२) कार पार्क गर्दा गियरमा कहिले पनि नराख्नुहोस्
जब कार गियरमा र स्टपमा हुन्छ, क्लच पनि संलग्न भएको हुन्छ । लामो समयसम्म क्लच संलग्न हुनु भनेको क्लच छिटो बिग्रिनुको प्रमुख कारण हो । पहिले उल्लेख गरिएझैं, यसले कार मर्मत लागत बढाउनेछ ।
३) ओरालोमा निउट्रलमा नकुदाउनुहोस्
पहाडको बाटो उकालो र ओरालोमा कुदाउन सबैलाई रमाईलो र आनन्द लाग्दछ, तर ओरालोमा कुदाउँदा कहिले पनि निउट्रलमा नकुदाउनुहोस् । धेरैजनाले निउट्रलमा कुदाउँदा पेट्रोल या डिजेल जोगिन्छ सोच्नुहुन्छ तर यो एकदम असुरक्षित छ।यसरी कुदाउँदा पहिलो, तपाईंसँग आफ्नो गाडीको कम नियन्त्रण हुन्छ । दोस्रो, ब्रेकिङ प्रणालीमा थप दबाब भएर छिटो बिग्रिन्छ ।