यामाहाको ‘मल्टिप्लाई योर ह्यापीनेस’ अफर अन्तर्गत गणेश पाण्डेले १ लाख ६६ हजार ३ सय २० (२०७९×८०) जित्न सफल भएका छन् ।
यामाहाले ‘मल्टिप्लाई योर ह्यापीनेस’ नामकरण गर्दै नयाँ अफर सार्वजनिक गरेको थियो । यामाहाका आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले नेपाली नयाँ वर्षलाई मध्यनजर गरेर उक्त योजना सार्वजनिक गरेका हो । यो अफरले ग्राहकको ‘ह्यापीनेस’ हजार गुणा बढी गर्ने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत ग्राहकले कुनैपनि बजाजको नयाँ सवारी साधन खरिद गर्दा तत्कालै २०७९×४ ( ८ हजार ३१६) देखि २०७९×१०० (२ लाख ७ हजार ९००) रुपैयाँसम्म नगद पुरस्कार जित्न सक्नेछन् ।
बम्पर उपहार अन्तर्गत भाग्य शाली ग्राहकले २०७९×१००० (२० लाख ७९ हजार रुपैयाँ) जित्न सक्नेछन् ।
यसका साथै कम्पनीले फाइनान्स सविधामा शून्य प्रतिशत व्याज र लो डाउनपेमेन्टको सविधा रहेको छ ।