नियूले नेपाली बजारमा नयाँ विद्युतिय स्कुटर गोभा जि ५ लन्च गरेको छ । हिजो भएको कार्यक्रममा नेपालका लागी आधिकारिक बितरक इको इन्फिनिटीले स्कुटर लन्च गरेको हो । साथै कम्पनीले स्कुटर खरिद गर्ने १० जना ग्राहकलाई आजै चाबी हस्तान्तरण समेत गरेको छ ।
चाबी हस्तान्तरण कार्यकारी निर्देशक तरुण बज्राचार्य र इको इन्फिनिटीका कार्यकारी निर्देशक प्रगुण राजभण्डारीले गरेका थिए । गोभा जि ५ को नेपाली मूल्य ३.२५ लाख हुन सक्ने अनुमान गरिएको छ । कम्पनीले भने अझै आधिकरिक रुपमा मूल्य उल्लेख गरेको छैन् ।
अहिले बजारमा यो स्कुटर ३ कलर, कालो, सेतो र खैरोमा उपलब्ध रहेको छ । यो स्कुटरमा ६-७ घण्टामा चार्ज हुने ४८एयच ७२भि लिथियम-आयन ब्याट्री रहेको छ । यसका साथै स्कुटरमा रियर रिफ्लेक्टर, प्रोटेक्टर, स्टेयरिङ ह्यान्डलबार लक, दायाँ-हात कम्बिनेशन स्विच, पहिचान नम्बर र अन्य धेरै सुविधाहरु रहेका छन् ।
यो स्कुटर नेपालको सबै नियू सोरुमा उपलब्ध रहेको छ ।