बढ्दो विद्युतीय कारको मागलाई मध्यनजर गरेर यामाहा मोटरले अब विद्युतीय कार ल्याउने योजना बनाएको छ । यामाहा मोटरको साझा मोबिलिटी प्लेटफर्म मोटो बिजनेस सर्भिस इण्डियाले सवारी साधन सेवा फर्म माल्बोर्क टेक्नोलोजीसँगको सम्झौतामा विद्युतीय कार ल्याउन लागेको हो ।
कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै साझेदारीको घोषणा गरेको थियो । विज्ञप्तिमा माल्बोर्कसँग विद्युतीय सवारी साधनको क्षेत्रमा सञ्चालन गर्न पाउँदा निकै उत्साहित रहेको उल्लेख गरिएको छ ।
एमबीएसआईका प्रबन्ध निर्देशक शोजी शिरयाशीले भने “भारतमा विद्युतीय सवारी साधनको बिक्री तीव्र गतिमा बढिरहेको छ। इन्धनको मूल्य बढेका कारण उपभोक्ताहरू अहिले परम्परागत सवारीसाधनबाट टाढा भइरहेका छन्।”
यसका साथै माल्बोर्क टेक्नोलोजीका संस्थापकले भने, “हामी भारतका सडकमा विद्युतीय सवारी साधनको संख्या बढाउँदै छौँ र देशका अन्य धेरै सहरहरूमा पनि आफ्नो उपस्थिति विस्तार गर्ने योजनामा छौँ । “